×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीको कम्पनीलार्इ दूधकोशीको ठेक्का, ८ वर्षसम्म बनेन पुल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मन्त्रीको कम्पनीलार्इ दूधकोशीको ठेक्का, ८ वर्षसम्म बनेन पुल

२८ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

खोटाङ- भूमिसुधार मन्त्री विक्रम पाण्डेको कम्पनीले पाएको दुधकोशी नदीको पुल बनाउने ठेक्का पाएकोमा ठेक्का पाएको ८ बर्ष वितिसक्दा पनि पुल नबनेको तथ्य सार्वजनिक भएको छ । 
विसं.२०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्षभित्र सक्ने गरी सम्झौता  गरेका थिए । पक्की पुल निर्माणको ठेक्का कालिका कन्ट्रक्सन र गोल्छा अर्गनाइजेसनको हुलास कम्पनीले लिएको हो । जसमध्ये कालिका कन्ट्रक्सन भूमिसुधार मन्त्री विक्रम पाण्डेको कम्पनी हो ।
ढिलाइका कारण करिब रु १० करोडको लागतमा सम्पन्न हुनुपर्ने पुलमा रु १८ करोड लगानी भइसकेको छ । भने पुल नहुँदा निर्माणाधीन मध्यपहाडी लोकमार्गलगायतका जिल्लाका विभिन्न सडक निर्माणमा समस्या भएको छ ।  दिक्तेलदेखि हलेसीसम्मको सडक (४२ किलोमिटर) एसियाली विकास बैंकको रु ८७ करोडको लागतमा अढाइ वर्षमा सकिनुपर्नेमा अहिलेसम्म पनि बन्न सकेका छैनन् ।
यसअन्तर्गत १ नम्बर प्याकेजको सूर्य कन्स्ट्रक्सन, २ र ३ नम्बर प्याकेजको त्रिशूली–नागार्जुन जेवी कन्ट्रक्सनले ठेक्का लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी