×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान आवश्यक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान आवश्यक

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली काँग्रेस संसदीय कार्यसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव पेस गर्ने भएको छ ।
बैठकमा सहभागी नेता राधेश्याम अधिकारीका अनुसार कार्यसमितिको आज सिंहदरबारमा सम्पन्न बैठकले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिने छ । राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान राख्न जरुरी रहेको उनले बताए ।
उक्तदलका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ती विधेयकका मस्यौदामाथि आज दिउँसो ४ बजेसम्म संशोधन प्रस्ताव दर्ता गराउन व्यवस्थापिका–संसद् सचिवालयले सांसदहरुलाई समयसीमा तोकेको छ ।
दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले ती विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी