Skip to content
LAXMI SUNRISE BANK

दसैंका लागि टिकट बुकिङ आजबाट फरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – यातायात ब्यवसायीले सोमबारदेखि दसैंका लागि पुन अग्रिम टिकट बुकिङ खुला गरेका छन्। सबै टिकट काउन्टरबाट बिहानैदेखि टिकट बुकिङ भइरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ। 
सरकारले सिट क्षमता भन्दा बढि यात्रु बोक्न नदिने भनेपछि टिकट बुकिङ बन्द गरेका ब्यवसायीले आइतबार सरकारसँग छलफल भएपछि पुनस् टिकट खुलाउने सहमति गरेका हुन्। सिट क्षमता अनुसार मात्र यात्रु बोक्दा भएको घाटा समितीले ब्यहोर्ने सहमति आइतबार भएको थियो। सोमबार बिहानैदेखि टिकट खुला गरिएको र आवश्यक रुटमा गाडी थप गरी यात्रुलाई गन्तव्यमा पुर्‍याउने क्रममा रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए।
यातायात व्यवसायीहरुले असोज ७ गते खुलाइएको बुकिङ केही दिनभित्रै टिकट सकिएको भन्दै बन्द गरेका थिए। बुकिङ बन्द हुँदा दसैंमा घर जान चाहने झण्डै ७ लाख यात्रुले टिकट पाउन बाँकी रहेको ब्यवसायीको अनुमान छ। झण्डै १० लाखले भने टिकट पाइसकेका छन्। दसैंका बेला हरेक वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK