
काठमाडौं – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कैलालीको टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन् ।
यसअघि मन्त्रालयमै पत्रकार सम्मेलन गरेर टीकापुर घटना राजनीतिक भएको भन्दै घटनाका अभियुक्तहरुको दसैअगाडि मुद्दा फिर्ता लिने घोषणा गरेका गृहमन्त्री निधिले व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै संवैधानिक र कानुनी प्रक्रिया बमोजिम मुद्दा फिर्ता लिन सम्बन्धित निकायसँग राय सल्लाह लिइरहेको बताए ।
‘कैलालीको टीकापुर घटनामा संलग्नहरुको मुद्दा फिर्ता गर्ने सम्बन्धमा गृह मन्त्रालय र कानुन मन्त्रालयका साथै अन्य सम्बन्धित निकायसँग राय सल्लाह लिने काम भइरहेको छ,’ उनले भने- ‘टीकापुरसहित आन्दोलनमा जीवन गुमाएका सुरक्षाकर्मी र आन्दोलनकारीलाई सहिद घोषणा गरी सरकारले राहत र क्षतिपूर्ति दिइसकेको छ ।’
नेकपा एमालेसहितका दलका सांसदहरुले टीकापुर घटनाका अभियुक्तको कुनै हालतमा मुद्दा फिर्ता लिन नहुने भन्दै यसो गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएका बेला गृहमन्त्री निधिले मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेका हुन् ।
गतवर्ष कैलालीको टीकापुरमा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
- दैनिक नेपाल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्