×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ दलका शीर्ष नेताको बैठकमा ४ विषयमा छलफल

PRIME CA

३ दलका शीर्ष नेताको बैठकमा ४ विषयमा छलफल

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ३ दलका नेताको बैठकमा संविधान संशोधन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन र महाभियोग प्रस्तावका विषयमा कुराकानी भएको बताए ।
संविधान संशोधनका विषयमा कुरा भयो । आन्दोलनरत पक्षसँग कसरी वार्ता संवाद गर्ने भन्ने हिसाबमा कुरा भाको छ । माग कसरी सम्बोधन गर्न सकिन्छ भन्‍ने विषयमा छलफल भयो ।उनले थपे महाभियोग बारे पनि कुराकानी भयो । यस विषयमा हाम्रो पार्टीले संसदिय दललाई निर्णय गर्ने  अधिकार दिएको जानकारी मैले बैठकमा गराए । उनले भने । देउवाले संविधान संशोधन नभएसम्म यसको कार्यान्वयन संभव नहुने तर्क बैठकमा राखेको बताए । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा छलफल जारी नै रहेको बताए । उनले भने, ४ विषयमा कुराकानी भयो । महाभियोग प्रस्ताव, संविधान संशोधन, संविधान कार्यान्यवन र निर्वाचन। संविधान संशोधनका विषयमा छलफल जारी नै छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: