
नेपाल, भारत र चीनका कार्यकारी राष्ट्रप्रमुखबीच भेटवार्ता भएको छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच त्रिपक्षिय भेटवार्ता भएको जनाइएको छ।
प्रधानमन्त्री दाहाल र चीनिया राष्ट्रपतिबीचको औपचारिक भेटवार्तापछि भएको अनौपचारिक भेटवार्तामा दुई देशको बिकास, चीनिया राष्ट्रपतिको नेपाल भ्रमण तथा दुई राष्ट्रबीचको सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिब प्रकाश दाहालले जनाएका छन।
प्रधानमन्त्री दाहालका स्वकीय सचिब दाहालका अनुसार प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चीनिया राष्ट्रपति सीबीच करिब २० मिनेट अनौपचारिक भेटवार्ता भएको थियो। उक्त त्रिपक्षीय अनौपचारिक भेटवार्तामा त्रिदेशीय हितबारे छलफल भएको उनले जनाएका छन। सो त्रिपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल क्षेत्रफलमा सानो भएको मुलुक भएपनि पशुपतिनाथ र बुद्धको जन्मस्थलले तिनै देशलाई जोडेको धारणा राखेको दाहालले बताएका छन।
ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलन तथा बिमस्टेक देशको आउटरिच सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल शनिबार बिहानै भारत प्रस्थान गरेका हुन। ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड एयर इण्डियाको ए ३२० विमानको विशेष उडानबाट शनिबार दिउँसो गोवा पुगेका हुन् ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, प्रधानमन्त्री पत्नी सीतासहित १८ सदस्यीय नेपाली प्रतिनिधिमण्ड गोवा प्रस्थान गरेको हो।
- बिजपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्