
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौँ- दशैं तिहार पछी ट्युसन पढ्ने विद्यार्थीहरुको संख्या निकै बढ्ने गरेको छ । विशेषगरी व्यवस्थापन पढिरहेका विद्यार्थीहरुका लागि ट्युसन कक्षा क्रेज र आवश्यकता दुवै भइसकेको छ । विहान वा दिउँसो कलेजका अलावा विभिन्न ट्युसन सेन्टरहरु धाउने चलन छ । तर अव भने विद्यार्थीलाइ केहि सहज हुने भएको छ । एकातर्फ विद्यार्थीहरुले नि:शुल्क रुपमा ट्युसन पढ्न पाउने भएका छन् भने अर्कोतर्फ एउटै कक्षा दोहोर्याएर समेत पढ्न पाउने भएका छन् ।
यो व्यवस्था भने शुभम् मिडिया प्रालिले मिलाईदिएको हो । ‘सेट जेभियर्स लगायत विभिन्न कलेजहरुमा अध्यापनको अनुभव हाँसील गरेका निरन्जन रिजालले विद्यार्थीलाई टेलिभिजनमै पढाउने जिम्मा लिएका छन् । यो कार्यक्रम बुधबारदेखि बेलुका ४:३० बजेदेखि ५:३० बजेसम्म टिभी टुडे टेलिभिजन र त्यसपछी कुनैपनि बेला अर्थ सरोकार अनलाइन टेलिभिजनमा हेर्न सकिने छ ।’ शुभम् मिडिया प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने ।
टिभी टुडे टेलिभिजन डीस होम, लगायत सबै केवलबाट प्रशारित हुन्छ भने अर्थ सरोकार टेलिभिजन हेर्नका लागि tv.arthasarokar.com लग अन गर्न सकिनेछ ।
स्मरण रहोस् अर्थ सरोकार अनलाइन टेलिभिजन नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन टेलिभिजन हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्