Skip to content
LAXMI SUNRISE BANK

एमाले रुपन्देहीको आठौं अधिवेशन आजदेखि सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको आठौ अधिवेशन शनिबार हुँदैछ। अधिवेशनको आज बिहान ११ बजे भैरहवाको महेन्द्र सभा गृहमा एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमले उद्घाटन गर्ने एमाले जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठले जानकारी दिए। अधिवेशनमा पार्टीका उपमहासविचद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली लगायतका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अधिवेशन तालिका अनुसार ८ गते नयाँ नेतृत्व चयन हुनेछ। 
अधिवेशनमा ९ सय ९८ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन्। आगामी कार्यकालको अध्यक्षका लागि हालका उपाध्यक्ष शिवराज सुवेदी, सचिवालय सदस्य तथा मोर्चा प्रमुख पुरुषोत्तम घिमिरेबीच प्रतिस्पर्धा हुने देखिएको छ। सुवेदी उपमहासचिव पौडेल नजिक, घिमिरे अर्का उपमहासचिव भुसाल नजिक मानिन्छन्। उपाध्यक्षको लागि तुलसी चौधरी, राजु गुरुङ र हरि अधिकारीको चर्चा छ। सचिवको लागि राजेन्द्र प्रसाद पन्थी, हितराज पन्थी, तेजेन्द्र के।सी, सिद्धिचरण भट्टराई, वासु घिमिरे र गोपाल रानाको नाम चर्चामा छ भने उपसचिवको लागि श्रीराम यादव, जागेश्वरी चौधरी, पम्फा खनाल र सन्जय गुप्ता प्रतिस्पर्धामा उत्रिने भएका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK