
राष्ट्र संघका महासचिव बान की मुनका प्रवक्ता स्टिफन डुजारिकले भारत–पाकिस्तान सीमामा सिधासिधि कुनै किसिमको गोली हानहान भएको राष्ट्र संघको सैन्य प्रेक्षक दलले नदेखेको बताएका हुन् ।
डुकारिकले भनेका छन्, ‘राष्ट्र संघको सैन्य प्रेक्षक दलले भारत– पाकिस्तान सीमा रेखामा सिधै गोली हानाहान भएको देखेको छैन । युद्ध विरामको यो कथित उल्लंघनका बारेमा सैन्य प्रेक्षक दलले सम्बन्धित अधिकारीहरूसंग कुराकानी गरिरहेको छ ।’
भारत–पाकिस्तानबीच भएको युद्ध विरामपछि सन् १९७१ देखि राष्ट्र संघले सीमा क्षेत्रमा सैन्य प्रेक्षक दल तैनाथ गरेको छ । सो दलले युद्ध विरामको अनुगमन गरिरहेका छन् ।
भारतले सीमामा ‘सर्जिकल स्ट्राइक’ गरेको दावी गरेको छ भने पाकिस्तानले यसलाई अस्वीकार गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्