Skip to content
LAXMI SUNRISE BANK

उर्जा सम्मेलनका लागि युएईका राजदुत नक्कीले प्रधानमन्त्री दाहाललाई दिए निम्तो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त अरब इमिरेट्समा हुने वल्र्ड फ्युचर इनर्जी समिटमा भाग लिनको लागि नेपालका लागि युएईका राजदुत सैद हाम्दन अल नक्वीले निम्तो दिएका छन्। २०१७ जनवरी १६ मा हुने समिटका लागि प्रधानमन्त्री दाहाललाई भाग लिनको लागि बिहिबार निम्तो दिएका हुन्।
 राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको जानकारी दिए। प्रधानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताएका थिए। बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुबीच नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल पनि भएको थियो। 
भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराएका थिए। भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताएका थिए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK