×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यति डेभलपमेन्ट बैंकको नाफा ५ करोड ३० लाखले वृद्धि

काठमाडौं – यति डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा ५ करोड ३० लाखले वृद्धि गरेको छ । गत आवको पहिलो त्रैमासिकमा जम्मा एक करोड ३२ लाख मात्रै नाफा कमाउन सफल यतिले चालु आवको सोही अवधीमा भने ६ करोड ६२ लाख नाफा कमाउन सफल भएको हो ।
बैंकले हाल २५ वटा शाखा तथा २० वटा एटिमबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । गत आबमा बैंकको ३४ करोड ७८ लाखको ऋणात्मक जगेडाकोष रहेको थियो । हाल जगेडा कोषमा ११ करोड ५२ लाख जम्मा भएको छ । बैंकले १० अर्ब ८२ करोड निक्षेप संकलन गरेर ९ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । गत आबमा रहेको ८ दशमब शुन्य २ प्रतिशतको खराब कर्जालाई घटाएर ४ दशमलब २९ प्रतिशतमा झार्न सफल भएको छ ।
बैंकले २ बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशनको एनसिएम मर्चेन्ट बैंकिङ्गलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: