
काठमाडौँ – गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगि आरोपमा पक्राउ परेका छन् । आफु कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगि गरेको आरोपमा उनी पक्राउ परेका हुन् । बालुवाटार ४ आफ्नै निवासबाट अनुसन्धानका लागि उनलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले दियाेपाेस्टलार्इ जानकारी दिए । दशैँ अघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको हाे । अधिकारीका अनुसार उनलार्इ अाज म्याद थप गरेर अनुसन्धानकाे लागि राखिएकाे छ ।
गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबीन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दशैँ अघि प्रहरीमा उजुरी गरेको थियो । कम्पनी घाटामा देखिएपछि दुई वर्ष अघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध कम्पनीको आरोप छ । छानबीनलाई अगाडि बढाउँदा काल्पनीक ग्राहाकहरु बनाएर उनीहरुबाट रकम उठ्न बाँकी देखाउने र उठेको रकम व्यक्तिगत खर्च गर्ने गरेको देखिएको कम्पनी स्रोतले जानकारी दिएको छ ।
गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालीसकेका छन् । गीतकार दाहालले आफ्ना कृतिहरुबाट विभिन्न म्युजीक अवार्ड र सम्मानहरुसमेत पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्