अर्थसरोकर डटकम
युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ सांसदहरूले बुधबार संसदमादर्ता गराएको महाअभियोग प्रस्तावको स्वागत गर्दै देश विदेशमा रहेको सम्पत्ति समेत रोक्का गरी छानविन गर्न माग गरेको छ ।
आज संघकी कार्यवाहक अध्यक्ष दिलु पन्तले विज्ञप्ती जारी गर्दै लोकमानको नियुक्ति हुँदै नै युवा संघले विरोध र सडक संघर्ष समेत जारी गरेको स्मरण गराउँदै भ्रष्टाचार छानबिनको विषयलाई बार्गेनि र सौदावाजीको विषय बनाएर पदीय दुरुपयोग गरी लोकतन्त्र र कानुनी राज्यको सिद्दान्तलाई नै ठाडो चुनौतिदिदैं आएका कार्कीमाथि लगाइएको महाअभियोग छिटो किनारा लगाई बर्खास्ती गर्न माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध नेकपा एमालेर नेकपा माओवादी केन्द्रका १ सय ५७ सांसदहरूले बुधबार संसदमादर्ता गराएको महाअभियोग प्रस्तावको युवा संघ नेपाल स्वागतगर्दछ ।
दोस्रो जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्र पक्षधर आन्दोलनकारीहरुमाथि दमनको अगुवाई गर्ने कार्की जस्ता व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको सट्टा अख्तियार दुरुपयोग अनुसन्धान जस्तो संवैधानिक निकायको प्रमुख बनाइएकोमा युवा संघ नेपालले त्यति बेलै घोर आपत्ति जनाएर सडकमा बिरोधप्रदर्शन समेत गरेको सर्बविदितै छ । आयोगको प्रमुख रहँदा संविधान र कानुनले निर्दिष्ट गरेको भूमिका बमोजिम भ्रष्टाचार निवारण गरी मुलुकमा सुशासन स्थापना गर्नेतिर लाग्नेभन्दा पदीय दुरुपयोग गरी लोकतान्त्रिक विधि, मूल्यमान्यतामाथि कार्कीले ठाडो चुनौति दिँदै आएका थिए । पछिल्लो पटक सम्मानित सर्बोच्च अदालतमा उनको नियुक्तिमाथि परेको रिट सुनुवाई अघि बढ्न नदिनका लागि म्याद तामेली समेत हुन नदिनका लागि जुन प्रकारले गुण्डागर्दी शैलीमा उनले कानुनी राज्यलाई चुनौति दिएर समानन्तर सत्ताको अभ्यास गर्न खोजे, त्यसले मुलुकको लोकतन्त्र र विधिको शासनलाई नै ठाडो चुनौति दिएको थियो । यस पृष्ठभूमिमा उनीविरुद्ध सार्वभौम निकाय संसदमा महाअभियोग प्रस्तावमार्फत उनलाई बर्खास्तगीका लागि माननीय सांसदज्यूहरुले चाल्नुभएको कदमप्रति युवा संघ नेपाल ऐक्यबद्धता प्रकट गर्दछ ।
भ्रष्टाचार छानबिनको विषयलाई बार्गेनि र सौदावाजीको विषय बनाएर पदीय दुरुपयोग गरी लोकतन्त्र र कानुनी राज्यको सिद्दान्तलाई नै ठाडो चुनौति दिदैं आएका कार्कीमाथि लगाइएको महाअभियोग छिटो किनारा लगाई बर्खास्तीगर्न युवा संघ नेपाल व्यवस्थापिका संसद समक्ष जोडदार माग गर्दछ ।
साथै, पञ्चायतकालमा हुकुम प्रमांगीबाट नियुक्तभई पदीय दुरुपयोग गर्दै अकूत सम्पत्ति कमाएका कार्कीको स्वदेश तथा विदेशमा रहेको सम्पत्ति तत्काल रोक्का गरी छानबिन प्रक्रिया अघि बढाउन तथा उनको सम्पत्ति राष्ट्रियकरण गर्नसमेत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्