Skip to content
LAXMI SUNRISE BANK

अंगीकृतलाई उच्च पद दिने प्रस्ताव हामी मान्दैन, महाचिव पोखरेल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अंगीकृत नागरिकलाई उच्च पद दिन नसकिने बताएका छन् । खोटाङ सदरमुकाम दित्तेलमा सोमबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले संविधान संशोधनमा त्यस्तो विषय समावेश गर्न नसक्ने ठोकुवा गरे । 
‘यो हावादारी कुरा हो,’ उनले भने, ‘तर, त्यस्तो प्रस्ताव आयो भने एमालेले विरोध गर्छ, पास हुन दिंदैनन्’ उनले संविधान संशोधनका विषयमा सरकारले अहिलेसम्म ठोस छलफल नगरेको भन्दै नाजायज माग पूरा गर्न नसकिने बताए । अर्को प्रसंगमा पोखरेलले लोकमानसिंह कार्कीविरुद्धको महाभियोगको पक्षमा कांग्रेस पनि उभिने विश्वास व्यक्त गरे। ‘थोरै पनि विवेक छ भने कांग्रेस पक्षमा उभिनुपर्दछ,’ उनले भने । 
उनले लोकमानको नियुक्ति हुने प्रंसग चलेकै दिनदेखि आफू विपक्षमा उभिएको बताए । उनले एमालेले मात्रै लोकमानलाई ल्याउनु हुँदैन भन्ने संस्थागत निर्णय गरेको बताए । पोखरेलले भारतीय राष्ट्रपतिलाई दिने सम्मानप्रति एमालेको कुनै टिप्पणी नभए पनि सरकारले कुटनीतिक मर्यादाविपरीत चाप्लुसीको पराकाष्ठा नाघेको आरोप लगाए । 
पोखरेलले संविधान कार्यान्वयन गर्न अबरोध खडा गरेर पुस्न राजनीतिक रंग भएको बाहुबली ल्याउने षड्यन्त्र सुरु भएको बताए । संविधान कार्यान्वयनका लागि चार महिने अभियानका क्रममा महासचिव पोखरेलसहित सचिव भीम आचार्य, वैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राई, युवा संघका उपाध्यक्ष रमेशकुमार पौडेल, प्रवक्ता प्रभातविक्रम कटुवाल खोटाङ आएका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK