×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एयर एसियाले यसरी गरिरहेछ नेपाल र नेपालीहरुको बेइज्जत!

PRIME CA

एयर एसियाले यसरी गरिरहेछ नेपाल र नेपालीहरुको बेइज्जत!

४ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: < २ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 
उडान कम्पनी : एयर एसिया । मिति : नोभेम्बर १४, २०१६ । फ्लाइट समय: राती ९ बजे । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको एयर एसियाको विमानमा खचाखच नेपालीहरु थिए । अधिकांस बैदेशिक रोजगारीका लागि मलेसिया उडेका नेपालीहरु । र त्यहि विमानमा थियौं हामी अर्थात अर्थ सरोकार डटकमका सम्बाददाता पनि । विमानमा नेपालीहरुको कतिसम्म बेइज्जत गरिँदोरहेछ भन्ने कुराको उदाहरण बन्दै थियो एयर एसिया ।
नेपाली एयर होस्टले नै गर्छन् नेपालीको बेइज्जत :
विमान उड्ने बेलामा एनाउन्समेन्ट हुँदै थियो । विमानमा केके गर्न हुन्छ वा के के गर्न हुँदैन भन्ने कुराको जानकारी दिइदै थियो । अंग्रेजी र मलेसियाको भाषामा एनाउन्समेन्ट भएपछी विमानमा रहेका होस्टले नेपालीमा एनाउन्स गरे । तर यसरी गरे कि नेपालीहरु दरिद्र छन् । र विमानमा रहेका सबै थर्ड क्लास मान्छेहरु हुन् । न सिष्ट भाषाको प्रयोग थियो, न त औपचारिक भाषानै । ठाडो रुपमा एनाउन्स हुँदै थियो । 
‘ट्वाइलेट प्रयोग गरेपछि फ्लस गर्नचाहिं बिर्सने होइन नि है !’  रोजगारीका लागि कतिपय मलेसिया पहिलो पटक उड्न लागेकाहरुलाई वा विमाननै पहिलो पटक चढेकाहरुलाई यो नौलो लागेन । तर विमानमा रहेका थुप्रैले देश र जनताको बेइज्जत गरेको भान गरे । अन्य कुराहरु पनि होष्टले निकै असभ्य तरिकाले भने । नेपाली भाषाका लागि केटा होस्ट राखिएको  उक्त विमानमा नेपालीमा के के भनियो भन्ने अंग्रेजीमा उल्था गरेर विमानका अन्य विदेशीहरुलाई सुनाउने हो भने उनीहरुले समेत जिब्रो टोक्नुपर्ने अवस्था थियो । 
नेपालीहरुले नराम्रो छाप पारेका रहेछन् भन्ने धेरैलाई लाग्यो । तर यो कुरा त्यहाँ नेर गएर गलत सावित भयो, जव १८ तारिख २०१६मा एयर एसियाकै विमानमा नेपाल फर्कंदा त्यस्तो भाषा प्रयोग भएन । 

कमजोर व्यवस्थापन र नेपालको यस्तो बेइज्जत 
कुरा १८ रारिख, २०१६को हो । राती करिव ८:३० बजे नेपालमा ल्याण्ड भएको विमानमा रहेका सयौं नेपालीहरुले त देशको एयरपोर्टका बारेमा थाहा पाएकै हुन् । तर उक्त विमानबाट नेपाल आएकाहरुका लागि भने दृश्य अनौठो थियो । विमान रोकियो । यात्रुहरु झरे । तर थुप्रै समय कुर्दा पनि विमानबाट झरेर चढ्ने बस आइपुगेन । नेपालीहरु र विदेशीहरु जाडोमा बाहिरनै बसे । बल्ल बल्ल गाडी आइपुग्यो । त्यहि विमानले मलेसिया र अन्य राष्ट्रमा दिने सुविधालाई निकै राम्रो मानिना गरेको छ । तर नेपालको हकमा जे गरेपनि हुन्छ भन्ने शैलीमा नेपाल र नेपालीहरुको बेइज्जत गरिरहेको छ एयर एसिया ।
एयर एसियाकै नेपाली कर्मचारी भन्छन्, ‘यस्तै छ यहाँको चलन’
यहि विषयमा बुझ्न हामी टिकेटबारे बुझ्न भन्दै एयर एसियाको कार्यलयसम्म पुगेका थियौं । हामीले यसबारे सोधेको प्रश्नमा एयर एसियाका एक प्रतिनिधि भन्छन्, ‘के गर्नु ? यस्तो कुराले नेपालको बेइज्जत हुन्छ भन्ने थाहा छ। तर पनि नगरी सुख छैन । बाथरुप प्रयोग गरेर फलस नगने, विमानभित्र बढी हल्ला गर्ने, कराउने, एयर होस्टेसलाई नेपालीमा अपशब्द बोल्ने लगायतका कामहरु नेपालीबाट हुने गरेका छन् । हाम्रो भाषा अलि अशिष्ट भने भएको हो । तर यो हाम्रो बाध्यता हो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: