Skip to content
LAXMI SUNRISE BANK

नेपाली आकाशबाट भारतीय फाइटर विमानले चीनको सर्भे गरेको सनसनीपूर्ण खुलासा, नेपालसँग चीन फायर

अर्थ सरोकार

काठमाडौँ – उत्तरी छिमेकी चीनले नेपाली आकाश आफ्नोविरुद्ध प्रयोग भएको भन्दै कडा आपत्ति जनाएको छ ।
चिनियाँ अधिकारीले अधिकारीसँग एक चीन नीतिप्रतिको प्रतिबद्धतामा नेपाल चुक्न लागेको हो कि भन्ने प्रश्न गरेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणअघि र भ्रमण अवधिमा नेपाली आकाशमा भारतीय बायुसेना निगमको विमान उडेको र ती जहाजले आफ्नो भूमिको ‘सर्भे’ गरेको दाबी चिनियाँ अधिकारीहरुको छ ।
 मुखर्जी आउनुभन्दा चार/पाँच दिन पहिलेदेखि नेपालमा रहुञ्जेल सुरक्षाको बहानामा भारतीय फाइटर विमान नेपाली आकाशमा उडेको दाबी चीनको छ । एकपटकमा कम्तिमा आधा दर्जन जहाजले उत्तरी सीमानामा फन्को मार्दासमेत नेपालको हवाई उड्डयन हेर्ने निकाय र सुरक्षा संयन्त्रले चाल नपाएको वा सबै थाहा पाएर पनि त्यस्तो अनाधीकृत गतिविधिमा रोक नलगाएकामा चीनले आपत्ति जनाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
 ‘तपाईंहरु बारम्बार एक चीन नीतिप्रति प्रतिबद्ध छौं भन्नुहुन्छ, तर भारतीय राष्ट्रपतिको सुरक्षाका नाममा हाम्रो सीमानामा भारतीय फाइटर विमान उड्दा किन टुलुटुलु हेरेर बस्नुभयो ?’, नेपालस्थित चिनियाँ दूतावासका अधिकारीको भनाइ उद्धृत गर्दै उनले भने । नेपाली सुरक्षा संयन्त्रले पनि सो अवधिमा भारतीय सेनाको विमान नेपाली आकाशमा घुमेको पुष्टि गरेको छ ।
 भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गत १७ कात्तिकदेखि १९ कात्तिकसम्म तीन दिन नेपालको औपचारिक भ्रमण गरेका थिए । राष्ट्रपति मुखर्जीको सम्मानमा सरकारले दुई दिन सार्वजनिक बिदा दिएको थियो भने नाकाबन्दीकै झल्को दिने गरी उपत्यकाका सडकमा यातायात साधनमाथि प्रतिबन्ध लगाइएको थियो ।
  • काठमाडौँ टुडे 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK