अर्थ सरोकार सम्बाददाता

- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मधेशी मोर्चासहितको सहमतिमा छिट्टै संविधान संशोधन हुने बताएका छन् । विराटनगरमा प्रेस युनियन मोरङले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले औचित्यका आधारमा संविधान संशोधनको तयारी सरकारले गरिरहेको बताएका छन् ।
दलहरुबीच निश्चित समयसीमा भित्रै ३ वटा निर्वाचन गर्नुपर्ने बाध्यता छ,’ केसीले भने, ‘जसका कारण पनि संविधान संशोधनमा सबैले सहयोग गर्नुपर्छ।’ अन्तरिम संविधान २०६३ कै सेरोफेरोमा संविधान संशोधनको तयारी भइरहेको उनले जानकारी दिए ।
अहिले बाहिर आएको अंगीकृत नागरिकलाई राष्ट्र प्रमुख या अन्य संवैधानिक निकायको माथिल्लो तहमा पुग्ने अधिकार दिने विषयमा कुनै सहमति नहुने र कांग्रेसले नमान्ने केसीको धारणा थियो। राष्ट्रिय भाषा आयोगले गर्ने सिफारिसका आधारमा नेपालमा बोलिने भाषाहरुलाई राष्ट्र भाषाको मान्यता दिइने र नेपाली भाषा नै राष्ट्रिय भाषा हुने बताउँदै केसीले हिन्दी भाषाको विषयमा पनि सोही आधारमा निर्णय गरिने बताए ।
सहरी विकासमन्त्री केसीले ४२ प्रतिशत जनसंख्या सहरमा भएपनि अहिलेका महानगरपालिका तथा नगरपालिकाले जनतालाई न्यूनतम सूविधा दिन नसकिरहेको बताए। यसका लागि तत्कालै सरकारले राष्ट्रिय सहरी विकास रणनीति बनाउने तयारी गरेको बताए ।
सोही रणनीति अनुसार जनता आवास कार्यक्रम पनि लागू हुने र २० हजार निम्न आर्थिक अवस्था भएका जनतालाई घर हस्तान्तरण गरिने बताए। यस्तै, सहरको विकासका लागि छाता प्राधिकरण ऐन पारित गर्ने चरणमा सरकार रहेको बताउँदै विराटनगरलाई पनि विकास प्राधिकरण जरुरी भएको औंल्याए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्