-

अर्थ सरोकार सम्बाददाता
काठमाडौं – व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा भारतीय रुपैयाँ सटहीका सम्बन्धमा पूर्व अर्थमन्त्रीहरुले चासो व्यक्त गरेका छन् । पूर्व अर्थमन्त्रीहरुले नेपाली जनतासँग रहेका भारतीय नोटहरू सटही गर्नका लागि सरकारी तबरबाटै प्रयत्न हुनुपर्ने माग गरेका छन् ।
संसद बैठकमा बोल्दै पूर्व अर्थमन्त्री रामशरण महतले कानुनी रुपमा सम्पत्ती आर्जन गरेका नेपालीसँग भएको भारतीय रुपैयाँ सटही हुनुपर्ने माग गर्दै सरकारले यसका लागि आवश्यक पहल लिनुपर्नेमा सरकारको ध्यानाकर्षण गरेका छन् । उनले स्रोत खुलेको रकम साटिनुपर्ने भनाइ राख्दै सीमा क्षेत्रमा कारोबार गर्ने तथा भारतमा जागिर खाएर नेपालमा भारतीय रूपैयाँ पठाउनेहरूसँग भएको रकम सही ढंगले सटही हुनुपर्ने बताए ।
उनले भने, ुसीमा क्षेत्रमा व्यापार गर्ने व्यापारीहरू तथा भारतमा जागिर खाएर नेपालमा पैसा पठाएकाहरूको रकम सही ढंगले सटही हुनुपर्छ।ु उनले भारतीय रुपैयाँ सटही गर्दा कतिपयले कालोधनलाई सेतो बनाउने प्रयास पनि गर्न सक्छन् यसमा विशेष ध्यान दिनुपर्ने भनाइ राखेका छन्।
यस्तै अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि कानुनी रुपले भारतीय रुपैयाँ आर्जन गर्नेहरूको रकम सटही गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री तहबाटै यस्तो निर्णय भएका कारण नेपालमा रहेका भारतीय रुपैयाँ सटही गर्नका लागि पनि नेपाल सरकारले नै पहल गर्नुपर्ने बताए । उनले राष्ट्र बैंकसँग सम्पर्क गर्दा उनीहरूबाट पनि सरकारले पहल गर्नुपर्ने धारणा आएको समेत बैठकमा जानकारी गराएका छन् ।
उनले नेपालको कानुनी व्यवस्था अनुसार २५ हजारभन्दा बढी भारतीय रुपैयाँ कसैले राख्न नपाउने हुँदा कालोधनलाई सेतो बनाउने सम्भावना कम रहेको धारणा राखे । उनले भने,नेपालको कानुनमा २५ हजारभन्दा बढी भारतीय रुपैयाँ राख्न कसैले पाउँदैनन्। यसकारण कालोधनलाई सेतो बनाउन सक्ने सम्भावना कम छ तर पनि यसमा सजग हुन आवश्यक छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्