
- कृष्णा चौलागाईं /अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – कांगेस नेत्री सुजता कोइरालालाई स्वास्थोपचारका लागि भन्दै दिइएको ५० लाखको अहिले जति जति चर्चा परिचर्चा तथा आलोचना भैरहदा अर्को तेस्तो निणय ओजेलमा परेको छ र त्यही क्याविनेटबाट अर्को निर्णय भएको छ जसको चर्चाको त कुरै उठेको छैन ।
हिमाल आरोहणको नाममा पटक पटक गरि २५ लाख भन्दा बढी रकम लीइसकेका एकै व्यक्तिलाई थप दश लाख रुपैंया रकम हिमाल आरोहणका नाममा दिने निर्णय भएको पाईएको छ ।

यसरी रकम लिने व्यक्ति हुन संजय पण्डित । उनले यसरी रकम लिनु र पाउनुको पछाडि अर्थसचिव शान्तराज सुवेदीको मुख्य हात रहेको समेत पाईएको छ ।
अर्थ सचिव सुवेदी र पण्डित एउटै जिल्लावासी रहेको र पडितलाई घुमफिरका लागि भन्दै दश लाख दिने निर्णय भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । यी दुबै प्यूठान जिल्लाबासी हुन ।
सचिव सुवेदीले अर्थमन्त्री कृष्णबहादुर महरालाई समेत प्रभावमा पारी यो काम गरेको हुन ।
पछिल्लो समय मन्त्रालयका कर्मचारीहरुलाई हातमा लिने र विभिन्न वाहनामा पैसा झार्दै केही प्रतिशत रकम मन्त्रालयका कर्मचारीहरुलाई टक्राउदै यसरी रकम आफ्नो पोल्टामा पार्ने प्रवृत्ति बढ्दो छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्