Skip to content
LAXMI SUNRISE BANK

विभिन्न बैंकको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एटियमको  कार्ड पिन नम्बर चोरी गरी नेपालका बिभिन्न बैंकबाट रकम चोरी गर्ने दुई जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ५२ वर्षिय मुहारिन उजुन र ३२ वर्षका सेला हातिन यावरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कान्तिपथको होटल एल्लो प्यागोडाबाट पक्राउ गरेको हो। 
उनीहरुबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय युरो, १६ सय ६० अमेरिकी डलर,  १ सय १३ वटा एटीएम कार्ड बरामद गरेको सिआइबीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पटक पटक पर्यटक भिसामा नेपाल आएका उनीहरुले नेपालीहरुले बिभिन्न बैंकमा जम्मा गरेको रकम झिक्दै आएका थिए। उनीहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ।
 यसअघि प्रहरीले तीन जना रोमानियन नागरिक र एक जना बुल्गेरियाका नागरिकलाई पनि पिन नम्बर चोरी गरेर रकम निकालेको अभियोगमा पक्राउ गरेको छ। सीआईबीले एटीएमबाट रकम चोरी हुन नदिन सबै बचतकर्ताहरुलाई एटीएमको पिन कोर्ड परिवर्तन गर्न सुझाव दिएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK