×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संशोधनबारे छलफल तिन दल नै सकारात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संविधान संशोधनबारे छलफल तिन दल नै सकारात्मक

Artha Sarokar

२ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – प्रमुख तीन दलबीच संविधान संशोधनबारे ‘सकारात्मक’ छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त छलफल गरेका थिए। बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे सरकारले गरेको तयारीबारे जानकारी गराएका छन् ।
सीमांकन, नागरिकता र राष्ट्रिय सभा गठन लगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारेको उनले बताए । बैठकमा प्रमुख विपक्षी दल एमाले अध्यक्ष ओली संविधान संशोधनप्रति सकारात्मक देखिएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए। पुनका अनुसार ओलीले संविधान कार्यान्वयन र चुनावलाई प्राथमिकतामा राखेर संविधान संशोधन प्रस्तावका विषयमा  छलफल गर्ने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी