×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हत्यारा भनेको मनपरेन बाबुरामलाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हत्यारा भनेको मनपरेन बाबुरामलाई

Artha Sarokar

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतबार बेलायतस्थित अल्डरसटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रश्न गरे, ‘कतिपय साथीहरुले विषयान्तर गरेर मान्छे मारेकाबाट अब विकास कसरी सम्भव छ भन्नुहुन्छ । शहीदले बलिदान नदिई विश्वमा कहाँ परिवर्तन र लोकतन्त्र आएको छ रु गणतन्त्रको फल मिठो लाग्ने, अनि हामीलाई हत्यारा र आतंककारी भन्न पाइन्छ रु’
क्रान्तिका बेला अप्रिय घट्ना स्वभाविक हुने जनाउँदै उनले सत्य निरुपण र मेलमिलाप आयोगमार्फत युद्धका बेला ज्यादती भएको भए आवश्यक प्रक्रिया गरेर दण्डित गर्न सुझाए ।
सयौं नेपाली सहभागी अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालीहरुको एउटै भोक र तिर्खा विकास र समृद्धि भएको बताए । ‘जुनसुकै कोण, विचारधारा र पार्टीबाट भएपनि सबैको चासो र चिन्ता गरिबी, बेरोजगारी र पछौटेपन छिटोभन्दा छिटो अन्त्य गर्नुपर्छ भन्ने छ,’ उनले भने ।
बेलायतमा पनि प्रजातन्त्र आएको धेरै समयपछि १८ औं शताब्दीमा औद्योगिक क्रान्ति आएको स्मरण गर्दै उनले राजनीतिक क्रान्ति बिना आर्थिक क्रान्ति नहुने दृष्टान्त पेश गरे । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अब विकास र समृद्धि सम्भव छ,’ उनले भने, ‘यसैका लागि म माओवादीमा राम्रो सम्भावना हुँदाहँुदै एक्लै नयाँ शक्तिमा लागें ।’ समृद्धिका लागि लोकतन्त्रको ढाँचा अझ उन्नत गर्न जरुरी रहेको उनले बताए ।
नेपालमा शासकीय प्रणालीले स्थिर सरकार नदिने बताउँदै उनले राजनीतिक स्थिरता ल्याउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देश जानुपर्ने बताए । कान्तिपुरबाट साभार गरिएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी