
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नयाँ शक्ति नेपालको गठन गरेका पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले बिभिन्न बाअनामा विदेशिएका नेपालीहरुलाई पार्टीमा संगठित गर्ने प्रयासलाई तिब्रता दिएका छन् । कोरिया, जापानलगायतका देशमा संगठन निर्माण गरी फर्केका भट्टराई पर्सी कतार हुँदै बेलायत जाँदैछन् । भट्टराईसँगै नयाँ पार्टीका नेता तथा कृषिविज्ञ मदन राई पनि जाँदैछन् । बेलायतमा रहेका बिद्यार्थी, पेशाकर्मी र गोर्खा सैनिकलाई भेट्ने कार्यक्रम रहेको राईले जानकारी दिए ।
बाबुरामको बिदेशमा रहेका नेपाली प्रति लगाव किन ?
विकास र समृद्धिको नारा अघि सारेका बाबुराम भट्टराईको बुझाइमा बिदेशिएका युवाले विकासको कुरा चाँडो ग्रहण गर्ने विश्वास राख्दछन् । ‘आफ्नो देशलाई पनि यस्तै समृद्ध बनाउँन पाए भन्ने भोक बिदेशिएका नेपालीमा हुन्छ । बाबुराम सर त्यो तप्कालाई संगठित गर्न चाहनुहुन्छ ।’ भट्टराई निकट स्रोतले भन्यो ।
‘सके बिदेशिएका युवालाई स्वदेशमा फर्काउने हो । नसकेपनि रेमिट्यान्स पठाउने शक्तिलाई बाबुरामको पक्षमा पारेर देशभित्रको राजनीति सुधार्ने हो । अब घरकाले त्यसलाई भोट हाल्छन् जुन उम्मेदवारलाई वैदेशिक रोजगारमा गएकाले मन पराउँछन् । बाबुराम सरले यो कुरालाई राम्रोसँग हेक्का राख्नुभएको छ ।’ स्रोतको विश्लेषण छ ।
४० लाखभन्दा बढी युवा विदेशमा छन् । मानसिक र शारीरिकरुपमा सशक्त यो पंक्ति देशको असली सम्पदा हो । गरिखाने नेपाली मध्येको महत्वपूर्ण हिस्सा यही हो । यो हिस्सालाई राजनीतिको प्रवाह ल्याउने ध्येय भट्टराईको देखिन्छ । नयाँ शक्ति गठनको आरम्भमै भट्टराईपत्नी हिसिलाले खाडी मुलुकमा संगठन विस्तार गर्ने अभियान चलाएकी थिइन् । पुत्री मानुषी भारतमा अध्ययनसँगै संगठन निर्माणमा व्यस्त छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्