
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई अन्तर्राष्ट्रिय नेपाली समाजको निमन्त्रणामा बिहीबार बेलायत जान लागेका छन् ।
बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल, अन्तर्क्रिया गर्नुका साथै बेलायतको संसद् हाउस अफ कमन, लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायतका बारेमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै पूर्व प्रधानमन्त्री भट्टराईले नोभेम्बर १२ र १३ मा बेलायतमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन् भने नोभेम्बर १४ मा ‘हाउस अफ कमन’मा सांसदहरुसँग भेटघाट र र लण्डन स्कुल अफ इकोनोमिक्समा व्याख्यान दिने कार्यक्रम छ । नोभेम्बर १५ मा अक्सफोर्ड विश्वविद्यालयका उप–कुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दिगो विकास र सामाजिक न्यायस् नेपालमा आर्थिक विकासको निम्ति नयाँ दृष्टिकोण’ विषयमा व्याख्यान दिनेछन् ।
भ्रमणमा भट्टराईसँगै नयाँ शक्तिका विदेश विभाग प्रमुख नवराज सुवेदी र कृषि विभाग प्रमुख मदन राई पनि सहभागी छन् । बेलायतपछि भट्टराईले पोर्चुगलमा पनि नेपाली समुदायसँग भेटघाट र नयाँ शक्ति पार्टी, नेपालको आन्तरिक कार्यक्रम हुनेछ। संयोजक भट्टराई नोभेम्बर १७ मा नेपाल फर्कनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्