×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगार विभागको लापरबाहीका कारण श्रम स्वीकृतिका लागि मध्यरातसम्म लाइनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वैदेशिक रोजगार विभागको लापरबाहीका कारण श्रम स्वीकृतिका लागि मध्यरातसम्म लाइनमा

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन मध्यरातसम्म सेवाग्राही लाइनमा बसेका छन् । बिहीबार रातिसम्म पनि स्वीकृति नपाउँदा विदेश जान लागेका केही कामदारले टिकटसमेत रद्द गरेका छन् । दसैँ, तिहार र छठको बिदामा काम नभएकाले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा सेवाग्राहीको भीड लागेको हो । वैदेशिक रोजगारीमा जानेले विभागबाट पूर्वस्वीकृति र अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था छ । 
अन्तिम स्वीकृति लिन गएका सेवाग्राही मध्यरातसम्म लाइनमा बसेका हुन् । स्रोतका अनुसार विभागको कार्यालयमा पूर्व र अन्तिम स्वीकृति लिन आठ हजारसम्म फाइल कार्यालयमा चाङ लागेका छन् । श्रम स्वीकृति लिन बिहान विभागमा पुगेकाहरू मध्यरातमा काम सकेर फर्किएका थिए । शुक्रबार ११ बजे साउदी अरब जाने टिकट लिएर बसेका मोरङका अम्बर राईले स्वीकृति लिन निकै दुःख पाएको गुनासो गरे । मध्यराती कार्यालय अगाडि भेटिएका उनले भने, ‘दिउसो दुई बजेदेखि लाइनमा बसेका थिएँ ।’ 
खोटाङकी निर्मला राईले पनि विरामी बच्चालार्ई छोडेर बिहानैदेखि खाना समेत नखाई लाइनमा बसेको बताइन् । लाईनमै रहेकी राइले बिरामी बच्चा छोडेर दिनभर लाइनमा बस्दा पनि रातिसम्म श्रम स्वीकृति नपाएको बताइन् । उनले भनिन, ‘बच्चा बिरामी छ, लेडिजलाई प्राथमिकता दिनुस भनें कसैले सुनेनन् ।’ उनको पनि शुक्राबर बिहान १० बजे साउदी अरबका लागि फ्लाइट छ । चाडपर्वको विदा तथा कार्यालय प्रमुख विदेशमा रहेका कारण श्रम स्वीकृतिका काम रोकिएको कर्मचारीको भनाई छ । 
बुधवार काम सुरु गर्न खोजे पनि प्राबिधिक समस्याका कारण नसकिएको कर्मचारीले बताए । बिहिबारबाट काम सुचारु भएको कार्यालय प्रमुख कृष्ण दवाडिले जानकारी दिए । दवाडिले बिहिबार मध्यराती नया पत्रिकासंग भने, ‘म कार्यालयमै छु, अहिले पनि काम गरिरहेको छु ।’ सामान्य अवस्थामा समेत श्रम स्वीकृतिका लागि लामो लाइनमा बस्नुपर्ने बाध्यता छ । 
निर्मला राई, खोटाङ
रोजगारीका लागि साउदी अरब जाने तयारीमा छु । शुक्रबार बिहान १० बजेको फ्लाइट छ । बिहीबार बिहान १० बजेदेखि श्रम स्वीकृतिका लागि लाइनमा लागेँ । बच्चा बिरामी छ, महिलालाई प्राथमिकतामा राखेर काम गरिदिनुप-यो भनेर पनि बिन्ती गरेँ । तर, केही सुनुवाइ भएन । लाइन बस्दा राति यतिवेला (११ः४५) भयो । बालाजु बसेकी छु, यतिवेला गाडी पनि पाउँदैन, साथी पनि छैनन् । ट्याक्सी खोज्नुपर्ने भयो । निर्धालाई जहाँ गए पनि दुःखै छ । राज्यले यस्ता कुरा हेरे हुन्थ्यो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी