
- अर्थ सरोकार सम्बातदाता
काठमाडौं – दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालयबाट एका एक बिद्यार्थीको संख्या घट्दै गईरहेको पाईएको छ । विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् ।
नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तर्ने गरेका छन् ।
जोखिम मोल्दै डुङ्गाको सहायताले नदी तर्नुपर्ने हुन्छ । स्थानीयवासी टेकबहादुर सुनार पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न गएको बताउछन् ।
नदी तर्न नसकेकै कारण अधिकांश बालबालिकाले प्राथमिक तहको पढाइ समेत पुरा गर्न सकेका छैनन् । केही अभिभावकले नदीकै समस्याले बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गरेका स्थानीय जीतुसिंह खत्रीले बताए । जोगबूढामा पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका करिब एक सय परिवार समस्यामा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्