Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको नाफा १० करोड घट्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकले असोज मसान्तसम्म ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत बर्षको यसै अवधिको तुलनामा नाफा १० करोड कम गरेको हो । गत बर्ष बैंकले ६० करोड रुपैयाँ गरेको थियो ।
बैंकको खराव कर्जा घटेपनि लगानी विस्तारबाट हुने खुद ब्या आम्दानीमा नै कमी आएकाले नाफा झरेको हो। बैंकले खुद ब्याज आम्दानी १ अर्ब ५० करोडबाट झरेर एक अर्ब २९ करोड रुपैयाँमा आएको छ ।
बैंकले जबकी कर्जा लगानी ७४ अर्ब ६९ करोडबाट बढेर ८५ अर्ब ९८ करोड पुगेको छ। स्प्रेड दर ५।५५ प्रतिशतबाट झरेर ४।९२ प्रतिशतमा आएकाले बैंकको नाफामा कमी आएको हो। बैंकसँग सर्वसाधारणको एक खर्ब ४६ अर्ब ५९ करोड रुपैयाँ छ। अघिल्लो बर्षको असोजसम्म बैंकसँग एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK