
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जनताको अरवौं रुपैयाँ डुबाउने बैंकहरुको सुची नेपाल राष्ट्र बैंकले सार्वजनिक गरिरहँदा सर्वसाधारणको पैसा डुबाउने ती बैंकहरूबारे चर्चा बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो समय ११ वटा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका कारण सर्वसाधारणको करिव ७ अर्ब १४ करोड ९० लाख रुपैयाँ डुबेको हो ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार राष्ट्र बैंकले नेपाल सेयर मार्केट फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स लिमिटेड, कुबेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, जनरल फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण फाइनान्स लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, समस्याग्रस्त भएपछि ४ वित्तीय संस्था खारेजी भएका छन् । खारेजीमा पर्नेमा नेपाल विकास बैंक, युनाइटेड विकास बैंक, सम्झना फाइनान्स लिमिटेड र हिमालयन फाइनान्स लिमिटेड छन् ।
यी संस्थाका केहि प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुलाई बैंकिङ कसुर अंतर्गत मुद्धा चलाईएको छ भने केहि विदेश भागेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्