
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले दलहरूबीच अधिकतम सहमति खोजेर एक साताभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने दावी गरेका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रमुख प्रतिपक्षी दल एमालेको समेत सहमतिमा संविधान संशोधन हुने बताए।
दलहरूबीच सहमति बनाउन मंसिर ६ गते अपरान्ह प्रत्येक दलबाट ३–३ जना रहने गरी वार्तामा बस्ने सहमति भएको छ। त्यही छलफलपछि संशोधनको अन्तिम खाका तयार हुने र यसै हप्ता संशोधनको प्रस्ताव लगिने उनले बताए। नेता पुनले नागरिकता, भाषा, राष्ट्रिय सभामा हुने प्रतिनिधित्वको विषयमा करिव सहमित भइसकेको नेता पुनले जानकारी दिए।
सीमांकनको विषयमा भने छलफल जारी रहेको र ७ वा ८ प्रदेशको वरिपरि सहमति जुटाउने प्रयत्न भइरहेको उनले बताए। नागरिकताको विषयमा पुरानै सहमति अनुसार वैवाहिक अंगीकृत महिलाको नागरिकताको हकमा संघीय कानुन अनुसार हुने भन्ने प्रावधान संशोधन गर्दा सहमति बन्ने विश्वास उनले व्यक्त गरे।
उनले पछिल्ला छलफल सकारात्मक ढंगले अघि बढेका कारण राजनीतिक विस्वासको वातावरण बन्दै गएको पनि बताए। एक अर्को प्रसंगमा नेता पुनले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिने र लिने निर्णय सम्बन्धित पक्षको नैतिकतामा भर पर्ने बताए। ‘सरकारले दिएको विषयमा धेरै टिप्पणी गर्नु आवश्यक छैन,’ नेता पुनले भने, ‘रकम लिने सम्बन्धित नेताको नैतिकताको प्रश्न हो।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्