×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोडसेडिङ मुक्त बन्दैछ काठमाडौँ ! के सोचिरहेका होलान् इन्भर्टर र ब्याट्री व्यवसायी ?

PRIME CA

लोडसेडिङ मुक्त बन्दैछ काठमाडौँ ! के सोचिरहेका होलान् इन्भर्टर र ब्याट्री व्यवसायी ?

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने तयारीलाई तीब्र पारेको छ । लोडसेडिङमुक्त गर्ने ‘ट्रायल’का रुपमा तीन हप्तादेखि उपत्यकामा लोडसेडिङ हुन छाडेको छ ।
‘लोडसेडिङको अन्त्य गर्न नसकिने होइन । गर्न सकिन्छ । तर, मैले लोडसेडिङ नै हुँदैन भनेर घोषणा गरिसकेको चाहिँ छैन । देशभर एकैपटक लोडसेडिङ अन्त्य गर्न कठिन छ । त्यसैले हामी विभिन्न फेजमा देशभर लोडसेडिङ अन्त्य गर्छौं ।’ उनले भने । 
बुटवल र पोखरा १४४ मेगावाटको कालिगण्डकीले लोडसेडिङ घटाउँछ । पुगेन भने साँझ केही घन्टा उद्योगहरुमा लोडसेडिङ गर्न सकिन्छ । बुटवल पश्चिमको माग पनि ठूलो छैन र टनकपुरबाट भएको आयातले त्यसलाई भ्याउँछ । नौगाढ, झिम्रुकले त्यहाँको लोडसेडिङ कभर गर्छ ।
पूर्वका सबै आयोजनाले लगभग त्यहाँको माग पूरा गर्न सक्छन् । कटैयाबाट १८० मेगावाटसम्म बिजुली आयात गर्न सकिन्छ । त्यतिले ३/४ घण्टा लोडसेडिङ गर्दा पुग्छ । केही महिनाभित्र काठमाडौंको लोडसेडिङ त अन्त्य गर्छौं नै सँगसँगै उपत्यका बाहिर पनि उल्लेख्य मात्रामा लोडसेडिङ घटाउँछौं ।
के सोचीरहेका छन् ब्याट्री व्यवसायी ?
यता काठमाडौँमा लोडसेडिङ नहुने भएपछी काठमाडौँका इन्भर्टर र व्याट्री व्यवसायी भने अव व्यवसायको विकल्प खोज्न थालेका छन्  । ‘काठमाडौँ मात्र होइन देश नै लोडसेडीङ मुक्त हुनु राम्रो हो  । हामीलेचाहिं विकल्प खोज्नुपर्ने भएको छ  ।’ टेकुमा व्यवसाय सञ्चालन गरेर बसीरहेका सुमन सिग्देलले बताए  । उनीमात्र होइन अन्य व्यवसायी पनि व्यवसायको विकल्प खोज्न थालेका छन्  । ‘हाम्रो मुख्य व्यापार नै काठमाडौँ हो  । अव विकल्प नखोजी हुन्न ।’ अधिकांश व्यवसायीहरुको भनाइ छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: