×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भूकम्प प्रतिरोधी घरको प्राविधिक निरीक्षण गर्न कार्यविधि तयार गरिदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ । भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, मर्मत गर्नुपर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउन सिफारिस गरिएको प्राविधिक ढाँचा, स्तर, त्यसको  डिजाइन र निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको हो ।
 यस्तै पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकहरुका लागि निरीक्षणको एकीकृत प्रक्रिया तोक्न आवश्यक भएकाले पनि निरीक्षण कार्यविधि तयार पारिएको प्राधिकरणले जनाएको छ । कार्यविधिमा निजी आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत बन्ने घरहरुको निर्माण निरीक्षण प्रव्रिmया उल्लेख गरिएको छ । 
जसमा नक्सापास प्रव्रिmया, प्लिन्थ तहसम्मको निर्माण कार्यको निरीक्षण प्रव्रिmया, प्लिन्थ तह भन्दा माथिको निर्माण कार्यको निरीक्षण प्रबिधि  समावेश गरिएको छ । यस्तै घर पुनर्निर्माण कार्य सम्पन्नताको निरीक्षण प्रक्रिया, प्रबलीकरणरमर्मत सम्भार कार्यको निरीक्षण प्रक्रिया, तेस्रो पक्षबाट प्राविधिक अनुगमन प्रक्रिया, अनुदान सम्झौता अगावै पुनर्निर्माण भएका घरहरुको निरीक्षण प्रक्रिया लगायतबारे पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: