
काठमाण्डौ – गत वर्ष विवाह पञ्चमीको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीको जनकपुर स्थित जानकी मन्दिरमा पूजाअर्चना गर्न पुगेकी थिईन । जुन बेला मधेश आन्दोलन चरम उत्कर्षमा थियो ।
तराई र काठमाडौंबीचको दुरी कम गर्ने पवित्र हेतुले राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा पूजा अर्चना गर्न प्रवेश गर्दा त्यहाँका मधेशी नेता तथा कार्यकर्ताले शुभ कार्यमा ‘विधवा’ भण्डारीको प्रवेशले मन्दिर अपवित्र भयो भन्दै राष्ट्रपतिको चर्को आलोचना गरेका थिए।
यतिमात्रै होइन् ‘विधवा’ले मन्दिर परिसरमा प्रवेश गरेर मन्दिर अपवित्र तुल्याएको भन्दै गंगाजलले मन्दिर परिसर पखालेको घटना धेरै नेपालीको मनस्थितीमा नहटेको हुनुपर्छ ।
झण्डै एक वर्ष पछाडि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्रसिद्ध ऐतिहासिक तथा पुण्य भूमि जनकपुर पुगेर जानकी मन्दिरमा पूजाआरधना गरे । जनकपुरमा उनलाई भव्य स्वागत गरियो ।
भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गरे । राष्ट्रपति मुखर्जीले सो मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गरे ।
मधेसवादी दलका नेताहरुले पनि मुखर्जीको भ्रमणको प्रशंसा गरे । स्मरण रहोस,भारतीय राष्ट्रपति प्रवण मुखर्जी ‘विदुर’ हुन । उनको पत्नी सुव्रा मुखर्जीको बर्ष दिन अगाडि नै निधन भएको थियो ।
यस्तै दृश्यले विरक्त भएर हुनुपर्दछ पूर्व प्रधानमन्त्री पूर्वप्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले लेखेका छन्– सीताको देशको राष्ट्रपतिलाई विधवा भनेर अपमान गर्नेहरु आज तिम्रो स्वामिभक्ति देखियो जनकपुरमा ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्