×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोटरसाइकल तथा स्कुटर चोरी गर्ने एक ब्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मोटरसाइकल तथा स्कुटर चोरी गर्ने एक ब्यक्ति पक्राउ

Artha Sarokar

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – महानगरीय प्रहरी प्रभाग लुभुबाट गस्तीमा खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका–९ फलामेपुल स्थित गोदावरी खोला किनाराबाट मोरङ्ग हसनदह– ८ घर भई ईमाडोल बस्ने २३ बर्षीय युनिस साहलाई चोरीको बा३१ प ८७३ नम्बरको मोटरसाईकलमा बा।२९ प ४२० नंम्बरको नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
निजले उक्त बा३१ प ८७३ नम्बरको मोटरसाईकल काठमाडौ सुकेधारा नजिकै सडकबाट चोरी गरी ल्याई नम्बर परिवर्तन गर्न लागेको खुल्न आएको छ ।
सोही स्थानमा रहेको अर्को हरियो रंगको वास्तविक नम्बर नखुलेको पछि नम्बर परिवर्तन गरीएको भनिएको बा।५३ प ७५१६ नम्बर भएको ० स्कुटर समेत युनिस साहले काठमाडौ कालीमाटी तरकारी बजार अगाडी सडक बाटोबाट केही दिन पहिले मात्रै चोरी गरी ल्याई नम्बर परिवर्तन गरेको खुल्न आएको छ ।
साहलाई उल्लेखित मोटरसाईकल सहित महानगरीय प्रहरी बृत्त महाराजगज काठमाडाँैमा र स्कुटर महानगरीय प्रहरी बृत्त कालीमाटीमा आवश्यक अनुसन्धानको लागी पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी