
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको पोलिटब्युरो बैठकमा झुट बोलेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन् । संविधान संशोधन प्रस्ताव दर्ता हुनुभन्दा पहिले माओवादी केन्द्रको पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा एमालेले ग्रिन सिग्नल दिएको भन्ने प्रचण्डको अभिब्यक्ति प्रति रावलले आपत्ति जनाए ।
‘प्रचण्डजीले आफ्नै पार्टीको पोलिटब्यूरो बैठकमा संविधान संशोधनका लागि एमालेले ग्रिन सिग्नल दिएको झुट बोल्नु भएछ’ रावलले भने ‘डाँटको खेति गरेर उहाँले पार्टीबाट पारित गराएपनि संसदबाट पारित गराउन सक्नुहुन्न ।’
रावलले प्रचण्ड आफ्नो बुद्धिभन्दा पनि बाह्य शक्तिको आडमा चलेको आरोप समेत रावलले लगाए । ‘कतिपय बैठकमा म आफै पनि हुन्छु, प्रचण्डजी कुनै प्रस्तावमा छलफल गर्न बस्दा यो त भारतले मान्दैन भन्नुहुन्छ’ रावलले भने ‘संविधान संशोधनको प्रस्ताव पनि उहाँको आफ्नो बुद्धिको खेल होइन ।’
भारतको दिल्लीमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले गोप्य बैठक बसी ओली सरकार ढालेको र त्यसकै जगमा बनेको प्रचण्ड सरकार बैशाखी भएको बताए । ‘हिड्न अरु कुनै चाहान्छ प्रचण्डजी बैशाखी बन्नु भएको छ’ रावलले भने ।
माओवादी र मधेस केन्द्रीत दल नेपाललाई बहुराष्ट्र बनाउन चाहान्छन्
एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी र मधेस केन्द्रीत दलले नेपाललाई एक राष्ट्र नभई बहुराष्ट्र बनाउन खोजेको बताएका छन् । पहिलो संविधान सभामा माओवादीले नेपाललाई बहुराष्ट्र बनाउन प्रस्ताव गरेको र अहिले मधेस केन्द्रीत दलले आफ्ना मागमा बहुराष्ट्रको माग गरेको बताए ।
पहिलो संविधानसभामा बहुराष्ट्रको माओवादी प्रस्तावमा मतदान समेत भएको थियो । ‘बहुराष्ट्रको माओवादी प्रस्ताव संविधानसभाले खारेज गरयो, मधेस केन्द्रीत दल र माओवादी केन्द्रको प्रस्ताव संसदबाट सांसदले र सडकबाट नागरिकले खारेज गर्ने बताए ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्