×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफै निम्तो दिएरआफैले भेटेनन् गृहमन्त्रीले चिनिया चोङसङ टोलीलाई

LAXMI SUNRISE BANK

आफै निम्तो दिएरआफैले भेटेनन् गृहमन्त्रीले चिनिया चोङसङ टोलीलाई

२५ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – भारतीय राष्ट्रपति प्रवण मुखर्जी नेपाल भ्रमणमा आँउदा सार्वजानिक विदा दिएर भारतसँग लम्पसार परेको नेपाल सरकारले चीनका प्रतिनिधि मण्डललाई भेट्न अस्विकार गरेको छ । यहीबाट पनि प्रष्ट हुन्छ सरकारको विदेश नीति कतिसम्म ‘सन्तुलित’ रहेछ । 
गृह मन्त्रालयको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नेपाल आएका  चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीलाई गृहमन्त्री विमलेन्द्र निधिले भेट नै नदिई निराश बनाएर फर्काइदिएका हुन ।
यही कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीलाई अपमानजनक व्यवहार भएपछि उनीहरु असन्तुष्ट भएर फर्केका छन् । काठमाडौं आउनुअघि नै भ्रमण तय गरिएको भए पनि काठमाडौं आएपछि समेत गृहका अधिकारीले भेट गर्न नमानेका हुन् ।
गृहमन्त्री बिमलेन्द्र निधिले ‘चीनको प्रतिनिधि मण्डलहरुसँग धेरै हिमचिम नगर्न’ निर्देशन दिएकै कारण सचिवले भेट निदिएको खुलेको छ । पुष्पकमल दाहाल सरकारले आफ्ना कर्मचारीसँग समेत भेट नदिएसँगै सरकारको विदेश नीति भारतीय लम्पसारवाद मात्र रहेको पृष्टी भएको छ ।
यता,नेपालको गृहमन्त्रालयद्वारा आमन्त्रित छिङहाइ राज्यका प्रमुख वाङ चोङसङलाई भेट नदिएको सूचना कसरी लिक भयो भन्ने प्रश्न गर्दै परराष्ट्रमन्त्री महतले कर्मचारीहरुसँग आक्रोश पोखेका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी