
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टी नेपाल बन्द गर्न बाध्य भएको बताएका छन् ।
मंगलबार संवाद डबलीमा आयोजित ‘खाद्य संप्रभुतामा नागरिकको मौलिक अधिकार’ विषयक अन्तरक्रियता कार्यक्रममा बोल्दै पुनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले कुनै हालतमा नसुनेपछि आउँदो कात्तिक २८ गते नेपाल बन्दको आयोजना गर्न बाध्य भएको बताए । ‘हामीले पहिलो चोटी खाद्य सम्प्रभुताबारे आन्दोलन थालेका छौं, पुनले भने, ‘जनताको जीवनसँग जोडिएको विषय भएकाले जनताको साथ र समर्थन पनि पाइने पूर्ण आशा छ ।’
अखाद्य वस्तु आयात गर्ने, मुलुकमै उत्पादन भएको उत्कृष्ट खाद्य निर्यात गर्ने प्रचलनको अन्त्य गर्न सहजै सम्भव नभएकाले आम जनताको व्यापक सहभागितामा खाद्य सम्प्रभुताको सूनिश्चितताको लागि अन्तिम संघर्ष जनताको बाध्यकारी भएको पुनको धारणा थियो ।
‘वर्तमान संविधानको भाग ३ को धारा ३ मा खाद्य सम्प्रभुता सुनिश्चित गरिएको छ भन्ने तर तिनै संविधान निर्माताहरु खाद्य निर्यात र आयातमा कमिशन खाएर अखाद्य बस्तु वितरण गर्नेका विरुद्ध संघर्षको विकल्पै छैन,’ उनले भने ।
कार्यक्रममा हिसानका सचिव रामहरी शिलवालले राज्य सञ्चालक सही नहुँदा र नीति स्पष्ट नहुँदा जनताले चर्को मुल्यमा खाद्य बस्तु खरिद गर्नुपरेको बताए । ‘वितरण प्रणाली सही छैन, कमिशन स्टेपहरु धेरै छन्, उत्पादनकर्ताले मूल्य पाउँदैन, उपभोक्ताले चर्को मुल्य तिर्नुपर्छ मारमा जनता परे,’ उनको धारणा थियो ।
कार्यक्रममा उद्योग व्यपार संघका अध्यक्ष युवाराज पराजुलीले खाद्य सम्प्रभुतको लागि नयाँ आन्दोलन गर्नु पर्ने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्