
अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वायुसेवा कम्पनी बुध्द एयर अन्तर्राष्ट्रिय संस्था फ्रोस्ट एण्ड सलिभनबाट उत्कृष्ट एयरलाइन्स २०१६ को अवार्डबाट सम्मानित भएको छ। बुधबार काठमाडौंको सोल्टी होटलमा आयोजित समारोहमा वुद्ध एयरलाई उक्त सम्मान प्रदान गरिएको हो।
पुरस्कार ग्रहण गर्दै बुध्द एयरका एमआईएस डाइरेक्टर रजिन रञ्जितले पुरस्कारलाई उड्डयन क्षेत्रमा गरेको निरन्तर मिहिनेतको फल भएको बताए । यस किसिमको अवार्डबाट हाम्रा सेवाहरुलाई अझ गुणस्तरीय बनाउन थप मद्दत र प्रेरणा मिल्नेछु उनले भने। बुध्द एयर ८ विभिन्न आधुनिक विमानहरुबाट मुलुकभरका बिभिन्न गन्तब्यमा उडान सञ्चालन हुँदै आएको छ।
नेपाल बाहिर भने भारतको वाराणसीमा नियमित तथा भुटानको पारोमा चार्टड उडान भरिरहेको छ। बुद्ध एयरले गतवर्ष ८ लाख यात्रुलाई सेवा प्रदान गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्