
अमेरिकी नागरिक आरडी टटलले सञ्चालन गरेको नेपाल रिव्रिmएसन सेन्टरलाई सन् १९९२ मे १५ मा २५ वर्षका लागि अन्ना क्यासिनो सञ्चालन गर्न गरेको ‘लिज एग्रिमेण्ट’ समय नसकिँदै च्यातेर तप्तबहादुर विष्टको अन्नपूर्ण इन्टरनेशनललाई सञ्चालन अनुमति दिएपछि अस्तित्वमा आएका अन्नपूर्ण इन्टरनेशनलका सञ्चालक तप्तबहादुर विष्ट र कल्पदीप राईले अन्ना क्यासिनोका ९ सय २२ जना मजदुरको तलबभत्ता, सञ्चयकोषलगायतको झण्डै १९ करोड रुपैयाँ खाइदिएर मजदुरको हरिबिजोग बनाइदिएका होटल अन्नपूर्णकी कार्यकारी सञ्चालक सृजना राणासँगको उनीहरुको कारोबार पारदर्शी हुनसकेको छैन तर विष्ट र राईले क्यासिनो रोयल्टी मात्र ११ करोड ६९ लाख १५ हजार एक सय ७५ रुपैयाँ तिर्न बाँकी रहेको छ । राजस्व ठगी गरेर फरार रहेका भनिएका विष्ट र राई पर्यटनमन्त्री जीवन बहादुर शाहीकै वरिपरि रहने गरेका छन् ।
मजदुरलाई दिनुपर्ने रकम समेत नदिएर लाखौँ लुट मच्चाउने विष्ट र राईले आफ्ना श्रीमतीहरुको संयुक्त खाता खोजेर एउटा निजी क्षेत्रको बैंकमा राखेको एक करोड ९२ लाख रुपैयाँ राजस्वले रोक्का गरेको थाहा भएको छ । क्यासिनो बन्द गरेर रोजगारी छिनिएका मजदुरले पाउनुपर्ने विदा, सञ्चयकोष र उपदानलगायतको १८ करोडभन्दा बढी रकम पनि नदिएर आफैं चलाइदिएपछि अन्ना क्यासिनोका मजदुरमध्ये केहीले आत्महत्या समेत गरिसकेको थाहा भएको छ ।
को-को हुन् अन्ना क्यासिनोका सञ्चालक ?
- तप्त बहादुर विष्ट
- कल्पदीप राई
- नरेन्द्रलाल प्रधान
- श्रीमती जोत्सना बस्नेत
- ईश्वरी प्रसाद श्रेष्ठ
- मदन प्रसाद प्रधान
- श्रीमती सजनी प्रधान (श्रेष्ठ)
क्यासिनो अन्नाबाट विना रकम विस्थापित भएपछि लीलावल्लभ नेपालले छोराहरुको स्कुल शुल्क पनि तिर्न नसकेपछि विषपान गरेर प्राणत्याग गरेको बुझिएको छ । अर्का मजदुर तोयानाथ दाहाल इलाममा सडकमै मृत अवस्थामा भेटिएका थिए । दिनेश पोख्रेल सन्यासी बनेका छन् । ज्ञानु राजकर्णिकार, त्रिरत्न महर्जन, नारायण श्रेष्ठको हृदयघातबाट निधन भएको छ । खखुजा थरका एक व्यक्तिको भक्तपुरमा निधन भएको छ । दिलाराम भुषालकी श्रीमती चेतन थापा, दिल बहादुर कार्की अस्पतालमा उपचारपछि बाँचेर फर्किएका छन् । अन्ना क्यासिनोमा काम गर्ने एक व्यक्ति कलंकीमा भाँडा माझेर बसेका छन्, एक जना साझा यातायातमा खलासी बनेका छन्, एक जना सुन्धारामा फुटपाथ व्यापारी बनेका छन्, एक जना ठमेलको पेटीमा बास बस्ने गरेका छन् । विस्थापित म हिला कर्मचारीहरुको अवस्था पनि राम्रो छैन ।
मजदुरले श्रम कार्यालय बाग्मती अञ्चल, टेकुमा हालेको निवेदनको आदेश भए पनि कार्यान्वयन भएको छैन । श्रम अदालतबाट श्रम कार्यालयको निर्णय सदर भए पनि त्यसको कार्यान्वयन भएको छैन । ज्योत्सना बस्नेतलाई कारबाहीबाट उम्काउन होटलकी कार्यकारी सञ्चालक सृजना राणाले भूकम्पपछि अन्ना क्यासिनो भएको घर भत्काउने आदेश कार्यान्वयन नगर्ने अवस्था सिर्जना गरेर विष्ट र राईसँग अघोषित साँठगाँठ गरेको हुनसक्ने आशंका गरिएको छ ।

नेपाल रिक्रिएसन सेन्टर प्रालिका आरडी टटलको नाममा रोक्का रहेको सेयर फुकुवा गरेर रातारात सेयर तप्त बहादुर विष्ट, कल्पदीप राई, ज्योत्सना बस्नेतलगायत सात जनाको नाममा नामसारी गर्ने शिशिर ढुंगाना अहिले नेपाल सरकारको सहसचिव मात्र होइन, भन्सार विभागका महानिर्देशक पनि छन् । मजदुरले सो घटना थाहा पाएलगत्तै भक्तपुरमा रहेको ढुंगानाको घर घेराउ गरेका थिए ।

एउटाको नामबाट तिर्नुपर्ने राजस्व अर्को व्यक्तिको नाममा कसरी ‘ट्रान्सफर’ भयो, त्यो कुरा अहिले अख्तियारले डाम्नलागेका ढुंगानाबाहेक अरु राजस्वका कर्मचारीलाई पनि थाहा नहुन सक्दछ । यो घटनापछि अन्ना क्यासिनोको घोटालामा कसलाई कारबाही गर्ने भन्ने विषयमा गहन छलफल नै हुनसकेको छैन । तर मजदुर मार्ने घटनामा यी कोही पनि घटीबढी दोषी देखिँदैनन् ।
आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्