
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कान्छो बाणिज्य बैंकको रुपमा उदाएको सेन्चुरी कमर्शियल बैंकले खासै प्रगति गर्न नसकेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बाणिज्य बैंकहरुमै सबै भन्दा ढिलो गरि चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको सेन्चुरीले यस अवधिमा झिनो रुपमा खुद मुनाफा बढाएको छ।
गत आर्थिक बर्षको यस अवधिमा ७ करोड ४२ लाख २० हजार खुद मुनाफा आर्जन गरेको सेन्चुरीले यस अवधिमा शुन्य दशमलब शुन्य छ प्रतिशतले वृद्धि गरी ७ करोड ४२ लाख ७० हजार खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकले निक्षेपतर्फ उल्लेख्य प्रगति गरेको छ। बैंक ३१ अर्ब ६८ करोड निक्षेप संकलन गरी २७ अर्ब ५९ करोड कर्जा परिचालन गर्न सफल भएको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने शुन्य दशमलब ४५ प्रतिशतबाट बढेर शुन्य दशमलब शुन्य दशमलब ३५ प्रतिशतमा झरेको छ। यस अवधिमा बैंकको सम्भावित जोखिम, कर्मचारी खर्च तथा संचालन खर्च बढेको छ भने खुद ब्याज आम्दानी तथा संचालन आम्दानीमा सामान्य सुधार हुँदा खुद मुनाफा तर्फ समेत सामान्य वृद्धि देखिएको हो। यस अवधिमा बैंकले ३ करोड ४० लाखले बढाएर खुद ब्याज आम्दानी २१ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ।
त्यस्तै सन्चालन आम्दानी तर्फ २१ प्रतिशतले बढाएर २ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ। त्यस्तै ४ करोड १६ लाख रुपैयाँ प्रोभिजनमा र १० लाख रुपैयाँ खराब कर्जा उठाउन बैंक सफल भएको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ ४६ पैसा, प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ ३६ पैसा तथा मूल्य आम्दानीको अनुपात ४३ दशमलब ५१ गुणा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अनुरुप बैंकले केहि समय अघि मात्र ३० प्रतिशत हकप्रद बिक्रि गरेको बैंकको चुक्ता पुंजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने यस अवधिमा जगेडा कोष रकम ६० करोड ६९ लाख रुपैया पुगेको छ।
(
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्