Skip to content
LAXMI SUNRISE BANK

छठलाई लक्षित गरी सामग्रीको मूल्य अकासियो

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता

काठमाडौं – छठ पर्वलाई लक्षित गरी उपभोग्य सामानहरुको मूल्य एक्कासी आकासिएपछि उपभोक्ता मारमा परेका छन् । विशेषगरी  छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, र माटाको भाँडाकुडालगायत समानको मूल्य झण्डै तीनगुणा बढेको छ । यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ  ।

चाडपर्वको मौका छोपेर बजारियाले  सामानको मूल्य मनपरी ढङ्गले बढाइएमा पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सिरहा नहरा रिगौलका शङ्कर यादवको आरोप छ ।

सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् । उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK