Skip to content
LAXMI SUNRISE BANK

मेघा स्माइल चामलको बोरामा मरेको मुसा भेटियो !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

डडेल्धुरा- बेला बेलामा चामलमा घुन वा किरा भेटिएको समाचार नौलो होइन । तर यतिबेला खास अर्को समाचार आएको छ । घुन वा किरा मात्र होइन चामलको बारोमा सिङ्गै मरेको मुसा भेटिएको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त समाचार सहित डडेल्धुराको स्याउले बजारमा रहेको मोहन होटलमा मेघा स्माइल मसिनो चामलको २५ किलोको बोरा भित्र मरेको मुसा फेला परेको होटल सञ्चालक सरोज राना मगरले अर्थ सरोकार डटकमका डडेलधुरा सम्बाददाता गणेश ठगुन्नालाई बताए ।
‘प्याक गरिएको बोरा खोल्ने बित्तिकै मरेको मुसा देखियो । बोरा काटेर मुसा भित्र पसेको हुन सक्ने पनि भन्न सकिने अवस्था छैन । बोरा कतै प्वाल परेको छैन ।’ उनले भने ।
के भन्छन् उद्योगका प्रबन्धक ?
यता उद्योगका प्रबन्धकले  रो शन अग्रवालले भने यो हुनै नसक्ने कुरा भन्दै टारेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले चामलको बोरामा मुसा भेटिनु असम्भव भएको दावी गरेका छन् । उनी भन्छन्, ‘आफैले  मुसा हालेको अथवा कसैले बोरा खोलेर मुसा हाली फेरि प्याक गरेको हुनसक्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK