
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हालै भारत सरकारले रु ५ सय र १ हजार दरका नोटको कारोवारमा रोक लगाउँदा त्यसले सर्वसाधारण नेपाली नागरिक र नेपालको अर्थतन्त्रमा समेत असर पर्ने भन्दै नेपाल चेम्वर अफ कमर्सले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सरोकार निकायवालाको ध्यानाकर्षण गराएको छ।
नेपाल–भारत वीचको खुला सिमाना, दुई देश विचको नागरिकहरुमा वैवाहिक सम्बन्ध, अनौपचारिक व्यापार, रोजगारी, पेन्सन, पर्यटन व्यवसाय, शिक्षा, औषधी उपचार आदिका कारण बैंकिङ्ग प्रणाली बाहिर पनि भारतीय ५ सय र १ हजार दरका नोट रहेको चेम्बरको दाबि छ।
नेपाल सरकारकै प्रयासमा प्रयोजनका आधारमा एक व्यक्तिले रु २५ हजार सम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्थाले समेत सर्वसाधारण नागरिकहरुसंग ठूलै परिमाणमा रु ५ सय र १ हजार दरका भारतीय मुद्रा रहेको चेम्बरले जनाएको छ।
यस्ता मुद्राहरु समयमै सटही हुन नसकेमा सर्वसाधारण नागरिकहरुलाई ठूलो असर पुग्न जाने चेम्बरको ठहर छ।जस्ले अन्तत नेपालको अर्थतन्त्रमै समेत असर पर्न सक्दछ ।
समस्या समाधानका लागि समयमै आवश्यक गृह कार्य गरि सर्वसाधारण नागरिकलाई बिश्वास दिलाऊनुका साथै मुलुकलाई आर्थिक नोक्सानीबाट बचाउन चेम्बरले सम्बन्धित निकयहरुको ध्यानाकर्षण गराएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्