
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा दोश्रो केवलकार सञ्चालक कम्पनी हो चन्द्रागिरी हिल्स लिमिटेड । तर त्यहि चन्द्रागिरी हिल्स लिमिटेडका नाममा अहिले सोझा साझा जनतालाई लुट्ने काम एकातर्फ भैरहेको छ भने अर्कोतर्फ राज्यको कानुन र विधिको शाशनभन्दा आफु बलियो भएझैं कम्पनीले देशका कानुन विपरित काम गरिरहेको पाइएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले जनताको अधिकारलाई कुण्ठित गरेर एकातर्फ लुट मच्चाईरहेको छ भने अर्को तर्फ जनताले राज्यलाई बुझाउन दिएको पैसा बीचैमा ‘झ्वाम’ पार्ने काम गरिरहेको छ । सोझा साझा जनतालाई महँगो रेटमा खाना खुवाएर कम्पनीले कालोबजारी त गरिरहेको छ नै, कम्पनीले मूल्य अविवृद्धि कर अर्थात भ्याट छलेर राज्यको आँखामा छारो हाल्ने काम समेत गरिरहेको पाइएको छ ।
करोडौं भ्याट छालिसक्यो चंद्रागीरि हिल्स लिमिटेडले :
नेपालको प्रचलित भ्याट ऐन अनुसार भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले अनिवार्य रुपमा भ्याट बिजक जारी गर्नुपर्छ । तर चंद्रागीरिले भ्याट उठाएको हरेक विक्रिमा बिजक जारी नगरेर एकातर्फ राज्यलाइ कर छलीरहेको छ भने अर्कोतर्फ बिजक जारी गरेको नाटक गरेर आफैं उक्त बिजकलाइ राखी जनताको बिजक पाउने अधिकारलाई कुण्ठित गरेको छ । बिहिबार चन्द्रागिरी डाँडामा पुगेका अर्थ सरोकार डटकमका पत्रकारले खाना खान पैसा तिरेपछि बिजक त पाए तर खानाको प्लेट उठाउँदा पुन : त्यो बिजक कम्पनीका कर्मचारीलाई नै दिनुपर्यो । यसरि भ्याट बिजकजस्तो महत्वपूर्ण कुरालाई खाना खाने कुपन जस्तो बनाएर कम्पनीले करोडौंको भ्याट छलिरहेको छ । आफ्नो नाम नबताउने सर्तमा चन्द्रागिरी हिल्स लिमिटेडकै एक कर्मचारीले कम्पनी खुलेदेखि अहिलेसम्म करोडभन्दा बढी भ्याट वापतको रकम कम्पनीले छालिसकेको छ ।
यसरी हुन्छ भ्याट छली :
विशेषगरी चन्द्रागिरी हिल्स लिमिटेडले दुइ तरिकाले भ्याट छालीरहेको छ । एक त कम्पनीको एरियामा कतिपय ठाउँमा बिजक नै जारी गरिएको छैन भने कतिपय ठाउँमा बिजक दिएजस्तो गर्ने र पुन: आफैंसँग राखेर हिसावकितावमा ‘गोलमाल’ गर्ने गरेका छन् । नियम: त भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले बिजक बिना सामान विक्री वितरण गर्न नपाउने कानुनी व्यवस्था छ । चन्द्रागिरी हिल्स लिमिटेडको एरियामा खाना खानुपर्यो भने कुल ५६० रुपैयाँ तिर्नुपर्छ । यो भनेको ४९५.५७६ रुपैयाँ खानाको कुल मूल्य हो भने बाँकी ६४.४४ रुपैयाँ भ्याट हो । यो भ्याट वापतको रकम कम्पनीले सरकारलाई बुझाउनु पर्छ । तर कम्पनीले भ्याट बिजकनै जारी नगरेपछि उक्त रकम त्यहाँकै कर्मचारीकै पोल्टामा पर्ने गरेको छ । यसरी एकजना ग्राहकले खाने खानाबाटै यति पैसा छली हुन्छ भने चन्द्रागिरीले करोडौं रुपैयाँ बराबरको भ्याट छलेको बुझ्न गाह्रो छैन । अर्कोतर्फ दिएको बिल फेरी आफैं लिने काम हुँदा पनि त्यसको रेकर्ड नराख्ने र कम्पनीले भ्याट वापतको रकम पनि पचाउने गरेको चन्द्रागिरी हिल्स लिमिटेडकै कर्मचारीहरु बताउँछन् ।
कानुनमा स्पष्ट व्यवस्था : कर विजक अनिवार्य, तर कानुन मान्दैन चन्द्रागिरी
नेपालको भ्याट ऐनमा स्पष्टसँग भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले भ्याट बिल जारी नगरी कुनै पनि बस्तु वा सेवा विक्री गर्न नपाइने भन्ने स्पष्ट व्यवस्था गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको हकमा उसले संक्षिप्त कर विजक हरेक पर्यटकलाइ दिनुपर्ने हो ।

नेपालको भ्याट ऐनमा यसरी कर विजक जारी नगरी कारोबार गर्ने, कम मूल्यको बिजक जारी गर्ने लगायतका कानुन विपरितका काम गर्नेलाई सजायको समेत व्यवस्था गरेको छ । तर शक्तिकेन्द्रसँग नजिक भएको बाहानामा चंद्रागीरिका सञ्चालकहरु खुलेआम जनतालाई लुटिरहेका छन् । चंद्रागीरिले केहि पर्यटकलाइ दिने, केहीलाई नदिने, माग्नेलाई दिने, नामाग्नेलाई नदिने र चंद्रागीरिका कहिँ ठाउँमा बिजक दिने र केहीलाई नदिने गरेर नेपालको कानुनको खिल्ली उडाईरहेको छ । कम्पनीले ठुला नेता तथा पत्रकारलाई चन्द्रागिरी घुमाएर आफ्नो बसमा पार्दै यस्ता कर्तुतहरु लुकाउन खोजीरहेको छ भने जनता ‘भेडा’ हुन् भन्ने शैलीमा मनपरी गरिरहेको छ ।
के भन्छन् करविज्ञ ? यस्तो छ राजश्व विभागका अधिकारीहरुको दावी !
यसबारे हामीले विभिन्न कर विज्ञहरुलाइ सोधेका थियौं । हाम्रो प्रश्नमा करविज्ञले करविजक जारी नगर्नु अपराध नै भएको बताएका छन् । ट्याक्सपर्टका अभियानता समेत रहेका करविज्ञ सिए शेषमणि दाहाल भन्छन्, ‘भ्याट ऐनमा भ्याटमा दर्ता भएका कम्पनीहरुले अनिवार्य रुपमा कानुनले तोकेको नमुना अनुसारको बिजक जारी गर्नु पर्छ भन्ने स्पष्ट व्यवस्था छ । कुनै पनि कम्पनीले यो वा त्यो बहानामा बिजक जारी गर्दैन भने त्यो सरासर गलत हो ।
यसबारे हामीले आन्तरिक राजश्व विभागमा समेत सोधेका थियौं । हाम्रो प्रश्नमा विभागका एक अधिकारी भन्छन्, ‘भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले अनिवार्य रुपमा बिजक जारी गर्नुपर्छ । यदि कसैले यो वा त्यो बहानामा बिजक जारी गर्दैन भने त्यो दण्डनीय कार्य हो ।’ ‘चन्द्रागिरी हिल्स लिमिटेडको पहुँच त ठुला नेतासम्म छ नि, कार्वाही गर्न सक्नुहुन्छ ?’ भन्ने हाम्रो प्रश्नमा ती अधिकारी भन्छन्, ‘कानुनभन्दा कोहि पनि माथि हुन्नन् । नियम विपरित काम गर्नेलाई कार्वाही हुन्छ।’
के भन्छ चन्द्रागिरी हिल्स लिमिटेड ?
चन्द्रागिरी हिल्स लिमिटेडले करोडौं रुपैयाँ बराबरको भ्याट छलीरहेको बारे हामीले चन्द्रागिरी हिल्स लिमिटेडका सम्बन्धित व्यक्तिलाई प्रश्न गरेका थियौं । आफुलाई कम्पनीको सबैभन्दा पूरानो कर्मचारी बताउने एक महिला कर्मचारीले कम्पनीले एक रुपैयाँ पनि भ्याट छली नगरेको दावी गरिन् । ‘ त्यसो भए बिल किन दिईएन त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘हाम्रो सफ्टवेर नै बनिसकेको थिएन भने त्यति धेरै मान्छे त्यहाँ जालान् भन्ने पनि सोचेका थिएनौं । त्यसैले सबैलाई भ्याट बिल दिन सकिएन । यता चन्द्रागिरीका अन्य कर्मचारीपनि कानुनमा उल्लेख गरेझैं कम्पनीले गर्न नसकेको स्वीकार्छन् ।
यता चन्द्रागिरीमा भइरहेको लुटबारे हामीले चन्द्रागिरी हिल्स लिमिटेडका अम्बिका पौडेलसँग पनि प्रतिक्रिया मागेका थियौं । उनले केहि कमी कमजोरी भएको र त्यसलाई सुज्धार्दै जाने प्रतिक्रिया दिएका छन् । ‘हाम्रो तर्फबाट थुप्रै कमीकमजोरी पक्कै भएका छन् । यसलाई सुधार्दै जाने हो । कम्पनीको सुरुवाती दिन भएकाले कानुनत: सबै कुरा व्यावहारिक रुपमा लागु नभएको कुरा हामीलाई पनि थाहा छ । तर यसलाई सुधार्दै जानेछौं।’
एनसेलकै सिको : शक्तिकेन्द्रका आडमा करछली : सरोकारवाला
यता विभिन्न सरोकारवालाहरुले भने चन्द्रागिरी हिल्स लिमिटेडले एनसेलकै सिको गर्दै शक्तिकेन्द्रका आडमा कर छली गर्न खोजेको आरोप लगाएका छन् । ‘ शक्तिकेन्द्रका मान्छेलाई फकाए कर त कति सजिलै छल्न पाइँदो रहेछ भन्ने कुरा बुझेका छन् चन्द्रागिरी हिल्स लिमिटेडका संचालकले र त्यहि गरिरहेका छन् । ‘चन्द्रागिरी हिल्स लिमिटेडका एक सञ्चालक निकट मानिएका एक व्यवसायी भन्छन्, ‘भ्याट छलेको पैसा समेत यति फाइदा भयो भनेर भित्र भित्रै हिसाव हुने गरेको छ ।’ ५६० रुपैयाँको भाट खुवाएर नेपालीहरुलाई ठगी गरिरहेको कम्पनीले कर छलेर मोटो रकम असुलीरहेको उनको दावी थियो ।
पढ्नुहोस् नेपालको भ्याट ऐनको पूर्ण रुप :
पढ्नुहोस् नेपालको भ्याट ऐनको पूर्ण रुप :
चन्द्रागीरि हिल्स बारे यी समाचार छुटे कि ?
- रोकिएन चन्द्रागिरी हिल्सको ठगीधन्दा, तारे होटलपछिको महँगो मेनु ! सरकार अझै रमिते (फलोअप नम्बर २)
- चन्द्रागिरी हिल्सको ब्रह्मलुट, पाइलैपिच्छे ठगिन्छन् सर्वसाधारण ! (फलोअप नम्बर १)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्