
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चीनको महत्वाकांक्षी ‘वान बेल्ट वान रोड’ नीति अन्तर्गत सिल्क रोड परियोजनाका विषयमा शनिबार काठमाडौंमा छलफल हुँदैछ । बेलुकी पौने ६ बजे होटल र्याडिसनमा हुने छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणको क्रममा चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को नीतिलाई नेपालको पूर्ण समर्थन रहेको बताएका थिए। यस विषयमा नेपालका राजनीतिक पाटीहरुको पनि कुनै विमति नरहेको उनले चिनियाँ राष्ट्रपतिलाई जानकारी गराएका थिए।
यो परियोजना अन्तर्गत चिनियाँ रेल नेपाल भित्र्याउन सके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नुका साथै नेपाली अर्थतन्त्रमा भारतको एकाधिकार पनि अन्त्य हुने जानकारहरुको भनाइ छ।
अहिले विश्वको ९० प्रतिशत ब्यापार समुन्द्रि मार्गबाट हुन्छ, जहाँ अमेरिकाको दबदबा छ। त्यसैको विकल्पका रुपमा चीनले यो परियोजना अगाडि सारेको हो। यसको माध्यमबाट एसिया, युरोप र अफ्रिकालाई जोड्ने नयाँ मार्ग स्थापित गर्ने चीनको तयारी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्