
-
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अहिले नेपालमा रेमिट्यान्स किन घटीरहेको छ भन्ने थरिथरिका चर्चा परिचर्चा बाहिर आएका छन् । पर्दा अगाडी विदेशमा नेपाली कामदारको माग घट्नु लगायतका कारण भएपनि विभिन्न रेमिट्यान्स कम्पनीमा हुने गरेको मनपरी, रेमिट्यान्स कम्पनीको बेहाल र रेमिट्यान्स कम्पनीका नाममा हुने हुण्डीको अवैध कारणपनि प्रमुख हुने गरेको छ । यसै बिषयमा हामीले अघिका अंकहरुमा पनि एक रेमिट्यान्स कम्पनीमा हुने गरेको हुण्डीको कारोबारका बारेमा समाचार प्रकाशन गरिसकेका छौं । आजको यो अंकमा हामी नेपालको अर्को रेमिट्यान्स कम्पनीको बेहाल कहानी प्रस्तुत गर्दैछौं ।
निलम्बनमा परेकादेखि मेनपावरवालाको हालीमुहालीले संस्थाको विजोग :
‘भष्ट्राचारको आरोपमा निलम्बनमा परी सफाई पाएको भनिएका डोलराज शर्माको सिटि एक्प्रेसमा अहिले गतिलै हालीमुहाली छ ।’ स्रोत भन्छ, ‘डोलराज शर्मा र एसओएस मेनपावरका संचालक होम बहादुर गुरुङको हालिमुहाली सिटि एक्प्रेसमा हुने गरेको छ । सिटि एक्सप्रेसका उपाध्यक्ष समेत रहेका डोलराज यसअघि नेपाल सरकारको अधिकृत पदमा रहंदा भ्रष्टाचार प्रकरणमा मुछिएका थिए । ‘लामो समय निलम्बनमा परेका उनले पछी पैसा र पावरकै भरमा आफ्नो मुद्धालाई किनारा लगाएका थिए ।’ स्रोत अगाडी भन्छ, ‘ पैसाका अगाडी कसैको पनि केहि नलाग्ने रहेछ, उनले थुप्रै कालो धनलाई रेमिट्यान्सका नाममा सेतो बनाइरहेका छन् भने खास रेमिट्यान्सबाट भित्रनुपर्ने पैसालाई भने अवैध तरिकाबाट भित्र्याएर आफु मोटाउने काम गरिरहेका छन् ।’
‘भष्ट्राचारको आरोपमा निलम्बनमा परी सफाई पाएको भनिएका डोलराज शर्माको सिटि एक्प्रेसमा अहिले गतिलै हालीमुहाली छ ।’ स्रोत भन्छ, ‘डोलराज शर्मा र एसओएस मेनपावरका संचालक होम बहादुर गुरुङको हालिमुहाली सिटि एक्प्रेसमा हुने गरेको छ । सिटि एक्सप्रेसका उपाध्यक्ष समेत रहेका डोलराज यसअघि नेपाल सरकारको अधिकृत पदमा रहंदा भ्रष्टाचार प्रकरणमा मुछिएका थिए । ‘लामो समय निलम्बनमा परेका उनले पछी पैसा र पावरकै भरमा आफ्नो मुद्धालाई किनारा लगाएका थिए ।’ स्रोत अगाडी भन्छ, ‘ पैसाका अगाडी कसैको पनि केहि नलाग्ने रहेछ, उनले थुप्रै कालो धनलाई रेमिट्यान्सका नाममा सेतो बनाइरहेका छन् भने खास रेमिट्यान्सबाट भित्रनुपर्ने पैसालाई भने अवैध तरिकाबाट भित्र्याएर आफु मोटाउने काम गरिरहेका छन् ।’
अख्तियारदेखि आन्तरिक राजश्व विभागसम्म उजुरी :
यतिबेला सिटि एक्सप्रेसका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्केही आन्तरिक राजश्व विभागसम्म उजुरी परेको स्रोतको दावी छ । ‘तर शक्तिकेन्द्रकै आडमा मनपरी गर्ने सञ्चालक रहेकाहरुले सिटि एक्सप्रेसलाई बर्बाद बनाइरहेका छन् भने रेमिट्यान्स कम्पनीका नाममा मनपरी गरिरहेका छन् ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । स्रोत अगाडी भन्छ, सिटि एक्प्रेसका सञ्चालकविरुद्ध सपत्ति सुद्धिकरण आयोगमा समेत उजुरी परेको छ । आयोग कसैको प्रभावमा परेन भने सिटीका सञ्चालकहरु जेल जाने निश्चित छ । ‘
भित्रभित्रै हुण्डीको कारोबार
रेमिट्यान्स कम्पनीका नाममा भित्र भित्रै हुण्डीको कारोबार हुने गरेको आइएमइ भित्रको कालो धन्दाबारे अर्थ सरोकार डटकमले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ । अहिले रेमिट्यान्स कम्पनीका नाममा सिटि एक्सप्रेसमा पनि त्यस्तै प्रकृतिको गलत काम हुने गरेको स्रोत बताउँछ । ‘विभिन्न देशबाट सिटि एक्सप्रेसका नाममा पठाइएको रकम सिटि एक्प्रेसको सिष्टममानै नाछिराइ नेपालमा रहेका दलालमार्फत हुण्डीको कारोबार हुने गरेको छ । स्रोतले भन्यो । स्रोत अगाडी भन्छ, ‘राष्ट्रका गहनाका रुपमा रहेका कलाकारलाई प्रयोग गरेर सिटि एक्सप्रेसले आफ्नो ब्राण्ड त बनाउन खोजेको छ तर भित्र भित्रै कम्पनी खोक्रो भईसकेको छ ।’
मेनपावरका सञ्चालकसमेतको लगानी र यस्तो मनपरी :
सिटी एक्सप्रेसमा एसओएस म्यानपावरका संचालक हेमबहादुर गुरुङको समेत लगानी रहेको छ । एसओएस मेनपावरले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा थुप्रै उजुरी परेपछि एकाएक विवादमा आएका सञ्चालक हेमबहादुर गुरुङले सरकारले तोके भन्दा बढी पैसा लिएर सयौं नेपालीहरुलाई ठगेको आरोप विदेश जाने थुप्रै नेपालीहरुले लगाएका छन् । तर तीनै गुरुङ सिटि एक्सप्रेसका लगानीकर्ता छन् । ‘गुरुङले सञ्चालान गरेको मेनवापरले बर्षौंदेखि लाखौँ राजस्व समेत छलिरहेको छ ।’ स्रोतले अर्थ सरोकार डटकमसँग अगाडी भन्यो, ‘सिटी एक्सप्रेसका प्रवन्ध निर्देशकका रुपमा रहेका चन्द्र टन्डन पनि गृहमन्त्री विमलेन्द्र निधिसँग राम्रै साठँगाठ रहेका उनले पावरको आडमा पछिल्लो समय प्रहरी अधिकृतहरुलाई रवाफ देखाउने, धम्काउने, हुन्डीलाई प्रसय दिने जस्ता गलत धन्दा गरिरहेका छन् ।’
समाचारलाई सन्तुलित बनाउन हामीले सिटि एक्प्रेसमा यस बिषयमा बुझ्ने प्रयास गरेका थियौं । जवाफमा आफुलाई यसबारे थाहा नभएको भन्दै फोन उठाउने कर्मचारीले सम्बन्धित विभागमा फोन ट्रान्सफर गर्ने त भनिन् तर ट्रान्सफर गरिएको फोन भने उठेन ।
र हामी निरन्तर खोजीमा छौं…
देशमा रेमिट्यान्स घटीरहेको चर्चा परिचर्चा भइरहेका बेला जिम्मेवार रेमिट्यान्स कम्पनीमा भने मनपरी चलेको छ । सिटि एक्प्रेस भित्रका यस्ता थुप्रै कर्तुतबारे हामीले अनुसन्धान गरिरहेका छौं र केहीको प्रमाण समेत फेला पारेका छौं । सिटि एक्प्रेसबाट हुने कर छली लगायतका विषय हामी आगामी अंकमा प्रस्तुत गर्दैछौं।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्