
- अर्थ सरोकार सम्बाददाता
काभ्रे – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह पुनर्संरचनाको प्रक्रिया ठीक ढंगले अगाडी नबढेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित नेपाली कांग्रेस नगर सभापितहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले स्थानीय तहको संरचनामा ९ १० वटासम्म गाविसहरुलाई मिलाएर गाउँपालिका बनाई जनतालाई थप दुःख दिन खोजेको बताए। नेता पौडेलले भने( ‘स्थानीय तहको संरचना जनतालाई दुःख दिन नभई सेवा सुविधा दिनका लागि हो,
तर ९ र १० वटासम्म गाविसहरुलाई जोडेर बनाएको गाउँपालिकाको कार्यालयमा पुग्न घण्टौ हिड्नुपर्छ भने त्यो कसरी सुविधा भयोरु’ उनले प्रश्न गरे के यसरी पनि जनताले सजिलै सुविधा उपभोग गर्न सकिन्छ नेता पौडेलले स्थानीय निकाय गठन गरेर सबै अधिकार तल्लो तहमा मात्र दिँदा झन समस्या हुने उल्लेख गरे।
उनले भने स्थानीय निकायलाई अधिकार सम्पन्न गराउँदा कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको अधिकार दिनु पर्ने हुन्छ, त्यो अधिकार प्रदेश र नगर एवं गाउँपालिकालाई दिँदा आर्थिक भार थपिन्छ। उनले स्थानीय निकायमा कार्यालयको भौतिक संरचनाको ब्यवस्था गर्दा धेरै खर्च लाग्ने उल्लेख गर्दै देशको आर्थिक क्रान्तिलाई टेवा नदिने भनाइ राखे। पौडेलले भने धेरै चर्ख गर्नेतिर छोडेर आर्थिक ब्यवहार कम गर्न जिल्ला तहलाई नै अधिकार दिनुपर्छ।
उनले स्थानीय तहको चुनाव तोकिएकै समयमा जसरी पनि गर्नुपर्ने बताए। ‘चुनाव नभए संविधान कार्यान्वयन हुँदैन । नेता पौडेलले भने त्यो भएन भने नेपाल नै अन्यौलतामा रहन्छ । एक अर्को प्रसंगमा नेता पौडेलले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आफ्नै ढंगले अगाडि बढेको आरोप लगाए।
उनले पार्टीले एमाले माओवादीको गठबन्धनलाई तोडेर कांग्रेस माओवादीको सरकार गठन गर्न सकेकोमा खुसी ब्यक्त गरेपनि सोचेअनुसार काम नभएको बताए। उनले नेतृत्वमा कल्पनाशिलता चाहिने बताउँदै सरकारले पार्टी घोषणापत्रमा उल्लेख गरेअनुसार काम गर्न उक्त विधि प्रयोग गर्न नसकेको दुखेसो पोखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्