
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विद्येयकमा अंगीकृत नागरिकलाई पनि संवैधानीक निकायको मुख्य पदमा जिम्मेवारी सम्हाल्न दिने निर्णय गरेसँगै उनी आफ्नै पार्टीका नेता तथा प्रमुख प्रतिपक्षी दल एमाले र नेपाली जनताको चेपुवामा परेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डले कुनै हालतमा आफूले संविधानमा संशोधनमा त्यस्तो मस्यौंदा तयार नगरेको बताइरहेका छन् ।
यसरी प्रतिपक्षी दल एमालेसहित सर्वसाधारणको केन्द्रविन्दुमा परेका प्रचण्डले सत्तारुढ दल कांग्रेससँग गुहार माग्दा कुनै जवाफ पाएका छैंनन । सरकारमा मन्त्री पद ग्रहण गरेका कांग्रेसी मन्त्रीहरुले यसप्रति केही बोलेका छैंनन । प्रधानमन्त्रीका एक सल्लाहकार भन्छन्–‘उहाँ अहिले बालुवाटारमा गम खान थाल्नुभएको छ ।’
संविधान संशोधन विषयमा एमालेले चारैतिरबाट प्रधानमन्त्री प्रचण्डलाई खेदो पार्दा समेत प्रचण्ड सरकारमा रहेका कांग्रेसी मन्त्रीहरु मौन भई बसेका छन् । प्रचण्ड सरकारको नेतृत्व गरिहेका उपप्रधानमन्त्री एवम गृहमन्त्री विमलेन्द्र निधि यस विषयमा केही नबोलेर हाँसेर बस्नुभएको छ ।’
यससँगै प्रधानमन्त्री प्रचण्ड अहिले मिडिया र नेपाली जनताहरुको चेपुवामा परेका छन् । भने उताबाट प्रतिपक्षी एमालेले उक्त विधेयकमाथिको प्रस्तावलाई अस्विकार गर्दै प्रचण्डको सातोपुत्लो उडाउदै आएका छन् । तर, उनको बचाउँमा संस्थागत रुपमा कुनै समूह परिचालन नभएको माओवादीका केही नेताहरु बताउछन । एस काठमाण्डौबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्