
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – फेसबुकमा वैदेशिक रोजगारीको विज्ञापन देखाई अवैध रुपमा रकम उठाई ठगी गर्ने काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने दोलखा मागपौवा–२ घर भएका ३० बर्षीय दावा योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
योञ्जनले विभिन्न दैनिक पत्रपत्रिकाहरुमा विभिन्न मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारी सम्बन्धी दिएको विज्ञापनहरुको फोटो खिची आफ्नो फेसबुक वालमा सम्पर्क नम्बरहरु सहित राखी सम्पर्कमा आएका पिडितहरु तिलक बहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत क्षेत्री समेत ७ जनालाई दुवईमा सेक्युरीटी गार्डमा फ्री भिषा, फ्री टिकेटमा जाने भए ५५ हजार रुपैयाँसम्म लाग्ने भनी आकर्षक तलवको प्रलोभन देखाई ३ लाख ३४ हजार लिई सम्पर्क विहिन भएका थिए ।
पीडितहरुले महानगरीय अपराध महाशाखामा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले योञ्जनलाई आइतबार काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट योञ्जन कुनै पनि मेनपावर कम्पनीसँग सम्बद्ध व्यक्ति नभएको र निजले ठगी गर्न विज्ञापनहरुको फोटो खिची सोही फोटोलाई इडीट गरी आफ्नो सम्पर्क नम्बरहरु राखी ठगी गर्ने गरेको खुल्न आएको छ ।
निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँमा पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्