
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको छ। दुई सातायता अमेरिकी डलर निरन्तर बढ्न थालेको हो।
बिहीबारकालागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ १०९ रुपैयाँ ९० पैसा तोकेको छ। हिजो बैंकहरुले डलर ११० रुपैयाँसम्म कारोबार गरे।
ब्याजदरका कारण यसैपनि अमेरिकी डलर बलियो बन्दै गएको थियो। सँगसँगै भारतले ठूला भारुमा प्रतिबन्ध लगाएपछि त्यहाँको मुद्रा कमजोर भयो। भारतसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँको मूल्य पनि घट्छ। यसले गर्दा पनि दुई सातामै नेपाली रुपैयाँ साढे तीन रुपैयाँले कमजोर भइसकेको छ।
गत फेब्रुअरी २८ मा डलरको भाउ ११० रुपैयाँ २८ पैसा पुगेको थियो। त्यसपछि १०९ रुपैयाँ ७७ पैसा हुँदा डलर घट्न थालेको थियो। लामो समयसम्म डलर १०६ रुपैयाँ ५० पैसाको हाराहारीमा बस्यो। दुई सातायता भने डलर निरन्तर बढिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्