×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिल्लीको इशारामा प्रचण्ड सरकार ढाल्न तयारी गर्दै छन्, देउवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दिल्लीको इशारामा प्रचण्ड सरकार ढाल्न तयारी गर्दै छन्, देउवा

Artha Sarokar

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जतिबेला भारतको नाकाबन्दीको वावजुत चौतर्फी अभाव थियो सो समयमा प्रधानमन्त्री केपी शर्मा ओली सर्वत्र हाइहाइ थिए । ठीक त्यही समयमा पत्नी आरजु देउवाको उपचारकोे बाहनामा दिल्ली गएका देउवा लगायका भारतपरस्त नेताहरुकै जोडबलमा ओली नेतृत्वको सरकार गिराउने डिजाइन तयार भएको थियो । उक्त डिजाइनमा कांग्रेसकै तर्फबाट नेता खूमबहादुर खड्का, माओवादीका कृष्णबहादुर महरा लगायतको सहभागिता थियो ।
उनै देउवा अहिले भारतको गोवामा भारतीय प्रधानमन्त्री मोदीको पार्टी इण्डिया फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा भाग लिन शुक्रबार भारत प्रस्थान गरेसँगै स्वदेशमा भने राजनीतिक हल्लीखल्ली मच्चिएको छ ।
गोवामा आयोजित कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका भनिए पनि भित्री रहस्य भने अर्कै रहेको बताइएको छ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह काकीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै नेपालमा राजनीतिक कोर्स मात्र फेरिएको छैन । 
वर्तमान सरकार गठबन्धन नै धरापमा परेको छ । यसपटकको देउवाको मुख्य मुद्धा भनेको लोकमानसिंह कार्की र सत्ता समीकरण परिवर्तन मुख्य रहेको स्रोतको दाबी छ । लोकमानसिंह कार्कीको महाअभियोगको बिषयले देउवा स्वदेश फर्किएपछि नयाँ मोड लिनेछ ।
यता,महाअभियोगको प्रस्ताव संसदबाट फेल गर्नैका लागि आउने सातादेखि प्रचण्ड सरकारलाई गिराउने खेल सुरु हुने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । देउवा भारतबाट कात्तिक २३ गते फर्कनेछन् र उनी फर्किएलगतै प्रचण्ड सरकारको दिनगन्ती सुरु हुनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी